कार्कीलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम

बुटवल। लुम्बिनी दैनिकका संस्थापक प्रकाशक,सम्पादक कर्णबहादुर कार्कीको मृत्यु भएको नवौं दिनमा कार्कीको नाममा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । असोज २० गते बुटवलमा सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा पांच नम्बर प्रदेश इन्चार्ज कृष्ण राज पौडेलले कर्ण बहादुर कार्की एक विद्रोही व्यक्तित्व हुनुहुन्थ्यो भन्नू भयो । पौडेलले अगाडि भन्नू भयो,ू उहाँले विद्यमान राज्य ब्यबस्थामा आमूल परिवर्तन चाहनु हुन्थ्यो । अहिलेको व्यवस्था प्रति उहाँको सहमति थिएन। अहिले धेरै कम्युनिस्ट नामधारीहरूले कम्युनिस्ट आन्दोलनलाई धोका दिएर संसदवादमा पतन भएका छन् । यो स्थितिमा हामीले नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्निर्माण ,पुनर्गठन, र एकीकरण आबश्यक छ । कम्युनिस्ट आन्दोलनको विकास गर्दै शोषित पीडित वर्गको राज्य सत्ता स्थापना गर्न सकेमा नै कार्कीको अधुरो सपना पूरा हुनेछ ।पौडेलले २०४७ मा रुपन्देहीको रुद्रपुरको सुकुम्बासी बस्ती उठाउने तत्कालीन अन्तरिम सरकारको योजनालाई असफल पारी सुकुम्बासी आन्दोलनको पक्षमा कार्कीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो । त्यस अवसरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के. सी.ले अहिले गणतन्त्र माथि हमला भएकोछ । अहिले सबै लागेर यसलाई बचाउनु पर्दछ भन्नू भयो। के ।सी।ले लोकतान्त्रिक आन्दोलनमा कार्कीको योगदानको चर्चा गर्नु भयो ।

कार्कीको ७० वर्षको उमेरमा मृगौला खराबीका कारण मृत्युु भएको हो । वरिस्ठ पत्रकार कार्की जो जीवनभर आवाज विहीनहरुको आवाज बन्नु भयो ,उहालाई सरकार पक्षबाट कुनै सहयोग नहुनु दुःखद कुरा हो – सबै वक्ताको भनाइ थियो । कार्कीको मृत्युुले न्यायपुर्ण आन्दोलनमा ठुलो क्षति पुगेको छ ।कार्यक्रममा पत्रकार बिनबहादुर कुँवर, नेकपाका बसन्त श्रेष्ठ लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नु भएकोथियो ।कार्यक्रमको अध्यक्षता मोहन चापागाईं,सन्चालन पदम कार्कीले गर्नु भएको थियो । कार्की प्रति एक मिनेट मौन धारण गरिएको थियो । लुम्बिनी पत्रिका र स्वाधीनताका लागि नागरिक समाज रुपन्दीहीको संयुक्त आयोजनाम सो कार्यक्रम भएकोथियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित