अर्जुन शर्मा , बुटवल । पौष ७ गतेदेखि बुटवलमा शुरुहुने १५औ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रबिधी तथा प्रयटन महोत्सवको तयारी पुरा भएको छ। “समृद्ध नेपाल निर्माणको अधार, स्वदेशी उद्घमशिलताको बिस्तार“ भन्ने मूल नाराका साथ पौष ७ गते देखि १५ सम्म बुटवल मन्डपमा प्रदर्शनी आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् आयोजकले जनाएको छ। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ काठमान्डौं र लुम्बिनि प्रदेश उद्योग संघको आयोजनामा प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीको स्टल निर्माण, मञ्च व्यवस्थापन लगायतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो । प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने आयोजकले जनाएको छ ।
प्रदर्शनी मुल आयोजक समितिका समंयोजक माधव प्रसाद पौडेलका अनुसार महोत्सवमा स्थानीयस्तरमा उत्पादित सामग्री बिक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको प्रवेश टिकटबाट ४ रुपैया मुटु अस्पताललाई र ४ रुपैया सामाजिक कोषमा छुट्याएको छ। प्रदर्शनी नाफामूलक नभइ यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सवको रुपमा लिएको बाताए।
प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्र्रिया रहने समंयोजक पौडेलले बताए।
प्रदर्शनीमा औधोगिक प्रबिधी, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, खाधान्न, आइटी लगायतका ४५० भन्दा बढी स्टल रहने छन । प्रदर्शनीको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री वितरण गरिनुका साथै खुल्ला राष्ट्रिय दोहोरि गित प्रतियोगिता, प्रदर्शनी आइडल, प्रदर्शनी टिकटक हन्ट, वक्तित्वकला प्रतियोगिता, स्थानीय उत्पादनहरुको प्रदर्शनी र मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ।
प्रदर्शनी सम्पन्न गर्नका लागि १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो । प्रदर्शनीमा करिव सात लाख दर्शकले अनुगमन गर्ने र २५ करोड भन्दा बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ।
पत्रकार सम्मेलन मूल समिति संयोजक माधब प्रसाद पौडेलको अध्यक्षता तथा सदस्य सचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।