काठमाडौं । प्रगतिशील लेखक संघको दाङ शाखाको ३० औ स्थापना दिवस २०७९ पौष ३ गतेका दिन उक भव्य समारोहका बीच मनाइएको छ । स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार बितरण दाङ घोराही स्थिति पत्रकार महासंघको सभाहलमा सम्पन्न गरिएको थियो । दाङ जिल्लाका प्रगतिशील साहित्यकारहरुको उपस्थितिमा वरिष्ठ साहित्यकार लेखक बाम्पन्थी नेतृत्व तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक अध्यक्ष श्री नारायण प्रशाद शर्मा तथा दाङ जिल्लाका वामपन्थी नेता रश्मिराज नेपाली, सुश्मा शर्मा घिमिरे, केबि मसाल, पत्रकार शुशिल गौतम, प्रगतिशिल लेखक संघका पूर्व केन्द्रीय उपाअध्यक्ष शशिधर भण्डारीको उपस्थितिमा कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा पुरस्कार बितरणको काम प्रमुख अथिति प्रा डा. भागवत प्रशाद शर्मा तथा वरीष्ठ साहित्यकार नारायण प्रशाद शर्माबाट सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । सम्मानित एवं पुरस्कृत हुनेहरु प्रगतिवादी चिन्तक तथा राजनीतिक ब्यक्तित्व वामपन्थी नेता रश्मिराज नेपालीलाई सम्मान गरिएको थियो भने प्रगतिशील साहित्य पुरस्कार सुन्दर गौतम, अनन्त टिका प्रतिभा पुरस्कार डा. बिन्दु शर्मा, चिन्तमनी जमुना साहित्य पुरस्कार टिकाराम रेग्मी, लीला, फना, बसन्ता, श्रठा साम्मन पदमप्रसाद शर्मा, गोविन्द ग्यवाली साहित्य पुरस्कार दुर्गा देवी अधिकारीलाई सम्मानका साथै पुरस्कार प्रदान गर्नु भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भागवत प्रसाद शर्माले साहित्य कला देशका सम्पत्ति हुन र यी जन्माउने कलाकर्मीहरु देशका गहना हुन भन्ने कुरा राख्नु भएको थियो ।
त्यस्तै विशिष्ठ अतिथि नारायण प्रसाद शर्माले अहिलेको देशको अवस्था हेर्दा सांस्कृतिक बिचलनको अवस्था सिर्जना हुँदै गैरहेको चिन्ता प्रकट गर्नु भएको थियो । त्यस्तै प्रगतिशील लेखक संघका पूर्व उपाध्यक्ष शशिधर भण्डारीले अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको वामपन्थी आन्दोलनको स्खलनबारे आफ्नो विचार प्रकट गर्नु भएको थियो ।
बोल्ने वक्ताहरुमा रश्मिराज नेपाली, शुश्मा शर्मा घिमिरे, पदम प्रसाद शर्मा, सुशिल गौतम, शरद अधिकारी, ऋृषिराज जंगली र लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतले साहित्य कला सम्बन्धी आफ्न बिचारहरु प्रकट गर्नु भएको थियो । प्रगतिवादी साहित्यकार हिरा डीसिले गीत गाउनु भएको थियो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्ष्यतामा सन्चालन भएको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत मन्तब्यद्वारा प्रलेस दाङका उपाध्यक्ष रेशम बिसिले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रलेस दाङका सचिव डिल्ली बस्नेतले गर्नु भएको थियो ।
मनाइयो प्रलेस दाङको स्थापना दिवस

Comments