कात्र्तिक १ काठमाण्डौ ।निर्वाचन आयोग नेपालले गैर आवासीय नेपाली संग नेपाली नागरिकता त्यागको विवरण दिन गृह मन्त्रालय संग माग गरेको छ ।कात्र्तिक १ गते प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । स्थानीय तह उपनिर्वाचन, द्दण्डज्ञ को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको आजमिति द्दण्डज्ञरण्ठरण्१ गतेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साविकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएकोछ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, द्दण्ठघ को दफा द्दछ को खण्ड ९ख० बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। नागरिकता ऐन, द्दण्टघ ९संशोधनसहित० को दफा ठ९क० को उपदफा ९द्द० को खण्ड ९ख० मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा मिति द्दण्डज्ञरण्ठरण्छ गते भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदातानामावली बाट हटाइ मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद सापकोटाले जारी गरिएको वक्तव्यमा जनाईएको छ ।
गैरआवासीय नेपालीसंग नागरिकता त्यागको विवरण माग
Comments