काठमाण्डौ । नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर रुपमा क्रियाशिल पार्टी व्यक्ति ,संघ संस्थाहरुकाबीचमा एकता र धु्रवीकरणहुने प्रक्रिया अगाडि बढिरहेको छ । कम्युनिष्ट पार्टीमा विभाजन मात्र भैररहेको भनेर नेपालको कम्युनिष्ट पार्टी तथा आन्दोलनको आलोचना भैरहेको अवस्थामा एकता पनि अगाडि बढिरहेको छ ।यसै सन्दर्भमा नेकपा रातो तारा सहित केही राजनीतिक शक्ति समुह र संघ संस्था र ती संग सम्बन्धित प्रतिनिधिहरुकोबीचमा एकता भई अखिल नेपाल कम्युनिष्ट पार्टीको गठन भएको महासचिव लक्ष्मण उप्रेतीले २०८१ कार्तिक ५ गते जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।नवगठित अखिल नेपाल कम्युनिष्ट पार्टीमा २ पदाधिकारी सहित ५ सदस्सीय कार्यालय , १५ सदस्सीय पोलिटव्यूरो र ४५ सदस्सीय केन्दीय समिति रहेको छ ।
Comments