संसदीय दलको नेता बन्न देउवा र थापाद्वारा उम्मेद्वारी दर्ता

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेर बहादुर  देउवा र महामन्त्री गगन कुमार थापा बीच प्रतिस्पर्धा हुने भएको छ । देउवा र थापा दुबैले कांग्रेस संसदीय दलको नेता बन्न २०७९ पौष ५ गते संसदीय दलको कार्यालय सिंहदरबारमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको उम्मेदवारीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक रहेका छन भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् । यस्तै महामन्त्री  थापाको  उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । थापाको उम्मेदवारीको समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन २०७९ पौष ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । उक्त समय सिमा भित्र  देउवा र थापाको उम्मेदवारी  परेको हो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज (पुस ६ गते)  हुँदैछ । मतदान २०७९ पौष ५ गते बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुने जनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित