काठमाडौं । मंसिर चारमा सम्पन्न संसदीय निर्वाचनमा प्रत्यक्ष तर्फ र समानुपातिक गरी दुवै तर्फबाट निर्वाचित प्रतिनिधि सभाका नयाँ २७५ सांसदहरुकै नाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्यहरुकै नामावली सार्वजनिक भएको हो । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम २०७९ मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । राष्ट्रपति समक्ष बुझाइएको उक्त अन्तिम परिणामको विवरणमा उल्लेख गरिए अनुसार प्रतिनिधिसभाका सांसदहरु निम्नानुसार रहेका छन् ः
नेपाली कांग्रेसका सांसदहरु
विश्वप्रकाश शर्मा, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ, दिपक खड्का, रामहरि खतिवडा, नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, पूर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, उदय शमशेर, दुर्लभ थापा, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगन थापा, प्रदीप पौडेल, राजनकुमार केसी, अर्जुननरसिंह केसी, मोहन आचार्य, रामनाथ अधिकारी, राजेन्द्र बजगाई, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, शशांक कोइराला, विष्णु कुमार कार्की, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सन्जयकुमार गौतम, किशोरसिंह राठोर, विनोद चौधरी, पुर्णबहादुर खड्का, हृदयराम थानी, दिक्पालकुमार शाही, एनबहादुर शाही, बद्री पाण्डे, पुष्पबहादुर शाह, बीरबहादुर बलायर, डिल्लीराज पन्त, एनपी साउद, रमेश लेखक, शेरबहादुर देउवा, दिलेन्द्रप्रसाद बडू,
विमलेन्द्र निधि, प्रकाशसरण महत, जीवन परियार, सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र जावेदा खातुन ।
नेकपा एमालेका सांसदहरु
योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, सुवास नेम्वाङ, महेश बस्नेत, देवराज घिमिरे, एलपी साँवा, केपी ओली, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, राजेन्द्र राई, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, रघुविर महासेठ, लक्ष्मी महत्तो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, राजकुमार गुप्ता, गोकुल बाँस्कोटा, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, महेशकुमार बर्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्ण विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, बासुदेव घिमिरे, टोपबहादुर रायमाझी, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सुर्यबहादुर थापा, सुर्यप्रसाद ढकाल, तारा लामा तामाङ, दामोदर भण्डारी, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आस्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर विक, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, सराज अहमद फारुकी ।
नेकपा (माओवादी केन्द्र) का सांसदहरु
अमनलाल मोदी, सुदन किराँती, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, गंगा कार्की, माधव सापकोटा, सुर्यमान तामाङ, हितबहादुर तामाङ, पुष्पकमल दाहाल, देवेन्द्र पौडेल, वर्षमान पुन, रेखा शर्मा, पुर्णबहादुर घर्तीमगर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, छिरिङ डम्डुल लामा, महेन्द्रबहादुर शाही, दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्हामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रूपा सोसी चौधरी, रणेन्द्र बराली, सुशीला सिल्पाली ठकुरी, मीना यादव, कल्पना मियाँ, उमरावतीदेवी यादव (नेपाल समाजवादी पार्टी) बाट गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्हबाट नै विजयी)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु
तोसिमा कार्की, सविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, रवि लामिछाने, ढाकाकुमार श्रेष्ठ, चन्दा कार्की, डोलप्रसाद अर्याल, असिम शाह, लक्ष्मी तिवारी, इन्दिरा रानामगर, मनीष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, निशा डाँगी, सन्तोष परियार, शिव नेपाली र विनीता कठायत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु
राजेन्द्र लिङदेन, दिपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवल शमशेर, ध्रबबहादुर प्रधान, ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, बिना लामा, पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, अनिशा नेपाली र बिना जैसवाल ।
नेकपा एकीकृत समाजवादीका सांसदहरु
माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, अम्मरबहादुर थापा, धनबहादुर बुढा, भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रेमबहादुर आले ।
जनता समाजवादी पार्टीका सांसदहरु
अशोककुमार राई, नवलकिशोर साह, राजकिशोर यादव, वीरेन्द्रप्रसा महतो, दीपक कार्की, रामसहायप्रसाद यादव, प्रदीप यादव, प्रकाश अधिकारी, रेखा यादव थापा, सुशीला श्रेष्ठ, रञ्जुकुमारी झा ठाकुर र शहनाज रहमान ।
जनमत पार्टीका सांसदहरु
सीके राउत, अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमालाभ सापकोटा र अब्दुल खान
लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु
शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला ।
नागरिक उन्मुक्ति पार्टीका सांसदहरु
रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी ।
नेपाल मजदुर किसान पार्टीबाट
प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सांसद रहेका छन् भने स्वतन्त्र सांसदहरुमा योगन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी रहेका छन् ।