काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकार गठनको “ फोहोरी खेल” मा नलाग्ने बताएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन २०७९ पौष ५ गते राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष ओलिले सो कुरा बताएका हुन ।
“सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ र त्यसको विरुद्धमा छ ।” अध्यक्ष ओलिको भनाइ छ– “यस्तो हिसाबले सरकार गठन गर्ने क्रियाकलापमा हामी लाग्दैनौं ।” अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको भन्दै ओलीले सम्बोधनका क्रममा सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानुनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा आफू दृढतापूर्वक उभिने उद्घोष गरे ।