मनाङ्गे हत्या अभियोगमा दोषी पाँच वर्ष जेल संजायको फैसला

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । कार्तिक २० गते सर्वोच्च अदालतले सो फैसाला गरेको हो ।
यसअघि उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ ख बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
दीपक मनाङ्गे नेपालका चर्चित गुण्डा नाइके चरी र घैटे जस्तै एक चर्चित पात्र हुन् । चरी र घैटे दुवै प्रहरी इन्काउण्टरमा मारिएका थिए । गुण्डा नाइके चरीलाई एमालेले र घैटेलाई काङ्ग्रेसले संरक्षण गर्ने गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित