काठमाडौं ।
लेनिन स्मृति शतवार्षीकि मूल आयोजक समितिले लेनिन र अक्टोबर क्रान्ति शीर्षकमा प्रबचन गोष्ठीको आयोजना गर्ने भएकोछ । आगामी कार्तिक २४ गते हुन गइरहेको उक्त कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल,नेकपा एमालेका सुरेन्द्र पाण्डे ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध बुद्धिजीवी जगदीशचन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका लेखनाथ न्यौपाने लगायतका वक्ताहरूले मन्तव्य राख्ने आयोजकहरूले जनाएका छन् । दिउँसो १२ । ३० बाट सुरु हुने कार्यक्रम काठमाडौको बागबजार स्थित होटेल हार्दिकमा हुने बताइएकोछ।
Comments