बेंगलोरमा मनाइयो अखिल भारत नेपाली एकता समाजको स्थापना दिवस

बेंगलोरमा मनाइयो अखिल भारत नेपाली एकता समाजको स्थापना दिवस
बेंगलोर,भारत । ७ नवम्बर २०२४ का दिन अखिल भारत नेपाली एकता समाजको दक्षिण नगर समितिले समाजको ४६ औँ वार्षिक मनाएकोछ।
कार्यक्रम को संञ्चालन सेर सिह बि क ले गर्नु भएको थियो ।राम दत्त पाण्डेको अध्यक्षतामा र केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि क को प्रमुख अतिथि रहेको थियो भने(विशेष अतिथि केन्द्रीय सचिव राम सिह बि क, विशिष्ट अतिथि केन्द्रीय प्रतिनिधि धर्माराम बि क हुनुहुन्थ्यो अन्य अतिथिमा हाँक साप्ताहिक सम्बादाता कर्नाटाका राज्यका करन दयाल, केन्द्रीय सदस्य गणेश बि क, सेर बहादुर दयाल, ज्ञानमति बि क,, मिना बि क, कलावति दयाल रहनु भएको थियो । बिद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल,क्षेत्रिय सदस्य हरू क्षेत्रिय प्रतिनिधि बिरेन्द्र बि क,
क्षेत्रिय अतिथि शिव राम बि क, बसन्ति बि क, जनक बि क, पार्वती बयानि, हिरा ओड, अरूना बि क। केएस थलोका प्रोपाइटर रजनि कोहलि रहनु भएको थियो।केन्द्रीय महिला विभाग कलावति दयाल,केन्द्रीय बिध्यार्थी बिभाग प्रकाश दयाल, अन्य विभागिय प्रतिनिधि हरूको अतिथ्यता थियो।अतिथि आशन ग्रहण पछि देश र जनताको लागि बलिदान दिनुभएका ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। मौनधारण पश्चात नगर समितिका सदस्य बम बहादुर परियारले शब्दबाट स्वागत गर्न भएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गित र संगितबाट स्वागत गर्नु भएको थियो।स्वागत पछि प्रमुख अतिथिले दिपप्रज्वलन गरी तालिको गडगडाहटका साथ उदघाटन गर्नुभएको थियो। उदघाटन समारोहमा वोल्दै प्रमुख अतिथिले अखिल भारत नेपाली एकता समाजको लक्ष्य उदेश्यबारे स्पष्ट पार्दै भारतमा यो संगठनको गठन के कति कारणले गठन गरेको थियो त्यसको मूलकारण दिदा सोझो नेपाली हरूलाई बिभिन्न किसिमका लोभलालज देखाएर टाठाबाठा नेपालीले यो संगठनको निर्माण हुनु भन्दा पहिले भारतमा बिभिन्न स(साना संघ(संस्था र क्लबहरू खुलिरहेका थिए बिभिन्न धार्मिक संगठन भारतको विभिन्न शहरहरूमा खुलिसकेका थिए।
यी संगठन हरुले भारतमा छरिएर रहेका नेपालीहरुको हकअधिकारसितको कुनै सरोकार थिएन। उनले कमाएको धन विभिन्न पाटी(पौवा, मठमन्दिर पुल, पुलेसो तथा स्कुलहरुको नाममा उनका भावनासँग खेलवाड गरी ठग्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गर्दथे।
यस प्रकारको सामन्ती कृयाकलापको बिरोध गर्दै भारत भरी छरिएर रहेका देशभक्त स्वभिमानी नेपालीहरुले बनारसको विशेश्वरगञ्जमा भेला गरि अखिल भारतस्तर मै एउटै बिधान अन्तर्गत नेपाली जनताको हकअधिकारको रक्षार्थ एउटा संगठनको आवश्यकता महसुश गरी ७ नोभेम्बर १९७९ मा अखिल भारत नेपाली एकता समाजको गठन भएको थियो। अखिल भारत नेपाली एकता समाजले भारतस्थित सामाजिक न्यायको पक्षमा कैंयौं उदाहरणीय कार्य गर्दै आएको छ,दलाल मार्फत भारतको वेश्यालयमा बेचिएकी चेलीको उद्धार गर्ने, दुर्घटनामा परेका नेपालीहरुको क्षतिपूर्ति दिलाउने कार्य गर्दै आएको छ। त्यसको ज्वालन्त उदाहरण हो बझाङ जिल्ला खोलिहाट कलार निवासी जैधन सार्कीलाई चण्डीगढको एक पुँजीपति गुरुसेवक सिंहले ४० वर्षसम्म आफ्नो निवासबाट बाहिर निस्कन नदिइ बधुवा मजदुरका रूपमा काम गराउदै आएको सुचना एकता समाज चण्डीगढले पाएपछि समाजका प्रतिनिधि पुलिसको सहारामा गुरुसेवकको घर गयो र जैधन सार्कीलाई त्यहाँ बाट मुक्त गराउनका साथै चालिस वर्षसम्म काम गरेको पारिश्रमिक दिलाउन सफल भयो। अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि भारतमा रोजि रोटीको लागि आएका लाखौं लाख नेपाली हरुमाथि आईपर्ने अन्याय अत्याचारका बिरुद्ध नेपाली मजदुर हरुको ज्यु धनको सुरक्षा तथा नेपाली महिला हरुमाथि हुने अपराध र बलत्कार का बिरुद्ध बुलन्द आवाज उठाउदै आएको छ। त्यसैक्रममा बेङ्गलोर स्थिति नेपाली हरुको लागि पनि अखिल भारत नेपाली एकता समाज ले निरन्तर रूपमा काम गर्दै आएको छ। अगामी दिनहरुमा पनि यस विषय माथि मध्यनजर गर्दै आफ्नो भूमिका निर्वाह गर्नका निमित्त श्रमिक नेपाली मजदुर हरूलाई सचेत गर्दै एकताको झण्डा मुनि गोलबन्द हुन आव्हान गर्नुभयो।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित