चेन्नै,भारत। अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको सयुक्त आयोजनामा अखिल भारत नेपाली एकता समाजको ४६ औ स्थापना दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्यले गर्नु भएको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्दबाट नगर सदस्य होमनाथ शर्माले र संगितबाट रक्तिम साँस्कृतिक अभियानका कलाकारहरूले स्वागत गरेका थिए। भारतमा कार्यरत आम नेपाली मज़दूरहरूको हक़ हित र सुरक्षाको प्रत्याभूत गर्ने नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजको ४६ औ स्थापना दिवसको औचित्यताको बारेमा समाजका महासचिव महेन्द्र बस्यालले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य देवी रिजाल, नगर महिला विभाग सदस्य मैना अधिकारी, नगर सदस्य मोहदत्त शर्मा, रमा शर्मा, विधार्थी मोर्चाको तर्फबाट राजेन्द्र गौतम, र नगर सदस्य दिल कुमार नेपाली रहनु भएको थियो ।