काठमाडौं । रुससँग सशस्त्र द्वन्द्वरत मुलुक युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै रुससँग युक्रेनले आत्मसमर्पण नगर्ने बताएका छन् । उनले रुस विरुद्धको लडाइँमा अमेरिकाको साथ सहयोग र समर्थनप्रति आभार पनि प्रकट गरे । विगतमा अमेरिकी राष्ट्रपति जो वाइडनले रुस विरुद्धको लडाईमा युक्रेन एक्लै नहुने बताउँदै आएका थिए ।
अमेरिकी संसदमा जेलेन्स्कीले सम्बोधन गरिरहँदा जो वाइडेनले दुई अर्ब अमेरिकी डलर सहितको सैन्य सहयोग गर्ने बताए । नयाँ वर्षमा युक्रेनलाई झण्डै पैतालिस अर्ब बराबरको सहयोग गर्ने घोषण गरेका छन् । यो घोषणालाई अमेरिकी संसदले स्वकिृति दिन बाँकी छ । यो उनको रुस युक्रेन युद्ध शुरु भएपछिको पहिलो भ्रमण हो ।
रुस र युक्रेन बीचमा झण्डै १ वर्षदेखि युद्ध चलिरहेको छ । अमेरिकाले युक्रेनलाई सबै तरहले सहयोग गरिरहने कुरा बताइरहँदा युक्रेनमा जारी रुस युक्रेन द्वन्द्व केवल रुस युक्रेनको मात्र नभई अमेरिकाको रुस विरुद्धको युद्ध हो भन्ने बुझ्न गाह्रो पर्दैन ।
अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन
Comments