हैदरावाद,भारत। अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको तत्वावधानमा अखिल भारत नेपाली एकता समाजको स्थापना दिवस तथा २०२४ सालको प्रगतिशील देउसीभैलो कार्यक्रमको आयोजना दिनांक ७ नोभेम्बर २०२४ का दिन आयोजना गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्द बाट मनोहर पौडेलले र संगितबाट रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले समाजको ४६ औ स्थापना दिवस र प्रगतिशील भैलो कार्यक्रमको औचित्यता बारे प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा केन्द्रीय सदस्य राम प्रसाद पौडेल, केन्द्रीय महिला विभाग सदस्य दिल माया थापा रक्तिमका विभाग केन्द्रीय सदस्य बिक्रम बिक रहनु भएको थियो। साथै देउसीभैलो कार्यक्रममा आर्थीक नैतिक तथा भौतिक सहयोग पुराउने भैलो टोलीका कलाकारहरू बल बहादुर थापा, बिक्रम बिक, पदम कार्की, कोपिला धिमाल, स्वस्तिका कार्की, रम्मा थापा, अप्सरा सुनार, प्रिया रसाइली, चेतना सिंजाली, सानिया लामिछाने, खुसी गाहा र चन्द्रा थापालाइ समाजका केन्द्रीय सदस्य राम प्रसादजीले प्रोत्साहन स्वरूप उपहार प्रदान गर्नु भएको थियो। खुसी गाहा लाइ क्षेत्रीय अध्यक्ष कृष्णा पौडेलले अनुशासनको पुरस्कार प्रदान गर्नु भएको थियो। कार्यक्रमको संचालन क्षेत्रीय सचिव टिकाराम भुलले गर्नु भएको थियो ।