चेन्नै । अखिल भारत नेपाली एकता समाजले सडक दूर्घट्नामा परी मृत्यु भएका डम्मर परियार प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै गहिरो दुःख प्रकट गरेको छ ।एकता समाजले शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरेको छ । नेपाली माछापुच्छ्रे गाउँपालिका वाड नंबर ६ धिताल ,गैरागाउ, कास्की निवासी थकाली परियारका छोरा डम्मर परियार वर्ष ५२ हाल तमिलनाडु र आन्द्रा प्रदेशको बडरमा पर्ने टाडा भन्ने ठाउमा (चेन्नै देखि ६५ किमी) टाढा ग्राउन्डमा नोकरी गर्दै आएका थिए। उनी ८ नोभेम्बर २०२४ का दिन विहान सड़क दुर्घटनामा परेका थिए । उपचारकोलागि चेन्नै लाने क्रममा निजको बाटैमा मृत्यु भएको थियो । त्यस पछि निजको शव चेन्नैको स्टान्ली हस्पिटलमा राखिएको थियो। उक्त घटनाको जानकारी पाउना साथ अखिल भारत नेपाली एकता समाजका तर्फबाट महासचिव महेन्द्र वस्याल र मृतकका आफन्त आशीष कुमार परियार, श्रीमती शुसीला परियार , ज्वाँइ घटना घटेको स्थल र घटनाको जानकारी राखेको प्रहरी चौकीमा पुगेका थिए । घटना कसरी घटेको थियो भनेर विष्तृत जानकारी लिने काम भएको थियो।प्रहरीका अनुसार बिहान हाइवेमा हिँडि रहेको समयमा स्कार्पियो गाड़ीले हानेको र निज घायल भए पछि तुरंत स्थानीय र प्रहरीको सहयोगमा उपचारकोलागि हस्पिटलमा लानी काम भएको थियो। हान्ने वलालगाडीको मालिकले स्वयम हस्पिटलमा लान र हस्पिटलको खर्च ब्योहरेको समेत जानकारी भएको थियो। तर टाडामा उपचार सम्भव नभए पछि निजलाइ चेन्नै ल्याउने काम भएको थियो । त्यस पछि प्रहरी प्रशासनसंग सम्बंधित काम सकेर दुई जना चेन्नै फर्कने काम भयो। भने आशीष र अन्य साथी भोलिपल्ट पोलिस लिएर चेन्नै आए पछि चेन्नैको स्टान्ली हस्पिटलमा मेडिकल र पोस्टमार्टम गरी १० नोभेम्बर २०२४ का दिन चेन्नैमा एकता समाज र मृतकका आफन्तजनको उपस्थितमा मृतक डम्मर परियारको दाहसंकार गरिएको छ । निजको सम्झनामा १ मिनेट मौनधारणका साथै महेन्द्र बस्यालले शोक मन्तव्य राख्नु भएको थियो। निजको अन्त्येष्टिमा सहभागी हुनेहरूमा शुशीला परियार (मृतककी श्रीमती), महेन्द्र बस्याल, केन्द्रीय सदस्य उमानन्द आचार्य, क्षेत्रीय सदस्य दिल कुमार नेपाली, आशीस परियार, उज्ज्वल परियार, कुमार परियार, अमित परियार, मनोज परियार, कुमार पुन मगर, अनिता परियार, आशा परियार, सुस्मिता परियार, कुशल परियार, सुन्दर मूर्ति, अनिल परियार, जीवन मगर, दिपक परियार, धनु परियार, सलिना, प्रकाश परियार र रूद्र शर्मा रहनु भएको छ।डम्बर परियारको परिवारलाइ क्षतिपूर्ति दिलाउन विमा मार्फत अदालतमा मुद्दा लड्ने पनि एकता समाजले जनाएको छ ।