सांसदहरुले लिए सपथ

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय संसदका प्रत्यक्ष र समानुपातिक सांसदहरुले पुस ७ गते संघीय संसदको सपथ लिएका छन् । संघीय संसदका जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई उठेर सपथ ग्रहण गराएका थिए । सांसदहरुले मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक नेपालको सार्वभौम सत्ता राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह र खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारिताका साथ गर्नेछु ।” भनेर सपथ लिएका थिए ।
सपथ नेपाली र मातृभाषा दुवैमा लिने व्यवस्था थियो । मातृभाषामा सपथ लिने १४ जना सांसदहरु थिए ।सांसदहरुलाई सपथ ग्रहण गराउनु भन्दा पहिले संघीय संसदका महासचिव भरतराज गौतमले सांसदहरुलाई संघीय संसदको तर्फबाट बधाई तथा शुभकामनाका साथै स्वागत पनि गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित