महिला अधिकारमा बन्देज लगाउँदै ः तालिवान

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले महिलाका अधिकारहरु माथि बन्देज लगाउँदै गएको छ । तालिवान सरकारले अफगानिस्तानका विश्व विद्यालयमा महिलालाई प्रवेश रोक लगाएको छ । शिक्षा मन्त्रालयले देशभरका सार्वजनिक र नीजि विश्वविद्यालयहरुलाई महिला विद्यार्थीको प्रवेशलाईरोक्न सूचना जारी गरेको छ । मंगलबार मन्त्री परिषद्ले उक्त निर्णय गरेको थियो । अर्को सूचना जारी नभएसम्मका लागि महिला शिषा स्थगन गर्ने निर्णय गरेको हो । मन्त्री परिषद्को उक्त निर्णय तत्काल कार्यान्वयनमा आउने बताइएको छ ।
तालिवानलेगत वर्ष सत्तामा आएसँगै छात्राहरुलाई माध्यमिक शिक्षामा रोक लगाएको थियो । भने अहिले विश्व विद्यालयमा प्रवेशरोक लगाउन कडा निर्देशन जारी भएको छ ।
यसको विरोधमा हाल आन्दोलन चलिरहेको छ । तालिवानको यस निर्णयले त्यहाँका महिलाहरु, शिक्षाप्रेमी, महिला अधिकारका पक्षपातीहरु निकै चिन्तित छन् । यसले शिक्षित बन्न थालेका अफगानी महिलाको भविष्य अन्धकार हुनेछ । तालिवान मन्त्री परिषद्को यो निर्णयले महिला अधिकार र स्वतन्त्रताको विरोधमा रहेको छ भन्ने बुझ्न गाह्रो पर्दैन । यो भन्दा अगाडि सरकारले महिलाहरुलाई सार्वजनिक स्थानहरु जस्तै पार्क जिमखानाहरु प्रवेशमा रोक लगाएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित