काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनको तर्फबाट प्रधानमन्त्री पहिलो आफू नै हुनुपर्ने अडान राखेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँगको भेटवार्तामा प्रचण्डले सो कुरा बताएका हुन् । भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो । सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी प्रस्ताव राखेका थिए । तर प्रचण्डले शुरु मै आफूलाई नेतृत्व गर्न पाउनु पर्ने अडान राखेका थिए ।
नेपाली कांग्रेसले शुरुमा र दोस्रो चरणमा माओवादीले सरकारको नेतृतव गर्ने गरी जान कांग्रेसका तर्फबाट कुरा भएको थियो । तर प्रचण्ड भने पहिले नै सरकारको नेतृत्व गर्न पाउनु पर्ने अडानमा रहेका छन् । प्रचण्डसँगको भेटवार्ता पछि प्रकाशमान बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न, प्रचण्डसँग भएका कुराकानीबारे जानकारी गराउन गएका थिए ।
सरकार गठनका पछिल्लो दौडधुप चलिरहँदा विदेशी शक्ति केन्द्रहरुले निकै चासोका साथ हेरेका छन् । प्रचण्ड र चिनियाँ कार्यवहाक राजदुतबीच भेट भएको छ । भेटमा सत्ता समीकरणबारे चिनियाँ कार्यबहाक राजदुतले चासो राखेका छन् । नेपालस्थित चिनियाँ राजदुतका कार्यबहाक राजदुत वाङ सीनबीच भेट भएको छ । प्रचण्डलाई भेट्न वाङ शुक्रबार विहान खुमलटार पुगेका थिए । प्रचण्डले प्रधानमन्त्री बन्ने अडान राखिरहँदा चिनियाँ दुताबासका उच्च अधिकारीसँग भएको छलफललाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
देशमा दलहरुका बीचमा सत्ताका लागि आ–आफ्ना दावीहरु रहिरहँदा विदेशीहरुको चलखेल हुनु नेपालको लागि शुभ संकेत होइन । यो भन्दा पहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदुतले भेटेर कुराकानी गरेका थिए ।