महासचिव बस्याल र शिक्षा मन्त्री पौडेल बिच भेटघाट चेन्नै

चेन्नै । अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल र नेपाल सरकारका शिक्षामन्त्री देबेन्द्र पौडेल बिच भारतको चेन्नैमा भेटघाट भएको छ ।

भेटघाटका सिलसिलामा भारतमा रहने नेपाली मजदुरहरु र विद्यार्थीहरुका समस्याका विषयमा छलफल भएको थियो । इन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी, मन्द्रास र एम.ए. डायविटिज सेन्टर चेन्नैले आयोजना गरेको सहकार्य सम्बन्धी एम.ओ. यु. सम्झौतामा हस्ताक्षर गर्न नेपाल सरकारको तर्फबाट मन्त्री पौडेल चेन्नै पुगेका थिए । साथमा काठमाडौ विश्वविद्यालयका उपकुलपति उद्धब प्याकुरेल लगायतको पनि उपस्थिति थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित