माक्सर्वादी एकता अभियानको माओ दिवस

काठमाडौं । भोलि पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले देशब्यापी र प्रवाशमा समेत विभिन्न कार्यक्रम सहित १३० औं माओदिवस मनाउँदैछन । माओदिबसको सन्दर्भ पारेर आज १० गते नै माक्र्सवादी एकता अभियानले एक भर्चुअल अन्तरक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“माओको विचार पद्धति र चिनियाँ क्रान्तिका अनुभवहरुको नेपाली क्रान्तिमा सान्दर्भिकता “विषयक उक्त अन्तर्कृया कार्यक्रममा बक्ताहरुले फरक फरक विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा माक्र्सवादी एकता अभियानका संयोजक शम्भु कट्टेल (काठमाडौं) ले सन्चालक र
बाबुराजा महर्जन (न्यूजील्याण्ड) ले सहसंचालकको भूमिका निभाएका थिए ।
नन्दन अर्याल (माक्र्सवादी एकता अभियानका सल्लाहकार) ले चिनियाँ अनुभवबाट सिक्नु पर्ने कुराहरु;
माक्र्सवादी एकता अभियानका सहसंयोजक प्रा. रमेश शर्मा अधिकारीले चीनमा जनवादी अर्थतन्त्रबाट समाजवादी आर्थिक प्रणाली तर्फको संक्रमणमा देखिएका समस्याहरु ;
नेकपा (कट्टेल) का कृष्णहरी भट्टले चिनी क्रान्तिबाट नेपालले नसिकेका पाठहरु;
तक्मा केसी, विज्ञ समूह सदस्यले गरीब जनताको सेवा क्षेत्रमा चीनबाट सिक्नु पर्ने कुराहरु;
माक्र्सवादी एकता अभियानका सदस्य डा. मोहन खतिवडाले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको चिनी क्रान्तिका अनुभवबाट सिक्नु पर्ने कुराहरु; माक्र्सवादी एकता अभियानका सदस्य रघु घिमिरेले विदेशी हस्तक्षेपसँग जुध्ने चीनी अनुभव;
माक्र्सवादी एकता अभियानका सल्लाहकार बाचस्पति देवकोटाले नेपाली क्रान्तिको लागि चिनी अनुभव सदुपयोग गर्नमा चुकिएका पक्षहरु;
प्रा. शारदा रमण नेपाल, विज्ञ समूह सदस्यले नेपालमा जनवादी संस्कृति विकासको लागि चिनी अनुभवबाट सिक्नुपर्ने कुरा; नारायण शर्मा पौडेल, सल्लाहकारले संयुक्त मोर्चा वारे चिनी क्रान्तिबाट नसिकेका कुरा; नेकपा (मशाल) का प्रबक्ता राम बहादुर बुढाले चिनी अग्रगमन र प्रतिगमनबाट नेपालले सिक्न बाँकी कुराहरु; बाबुराजा महर्जनले बिदेशमा भएका नेपालीहरुलाई नेपाली क्रान्तिमा सहभागी गराउनमा भएका कमीहरु; नेकपा (माले) का महासचिव सीपी मैनालीले नेपाली नयाँ जनवादी संरचनालाई समाजवादमा संक्रमण गराउनमा चिनी अनुभवको सदुपयोग गर्ने चुनौतीहरु;
राजेन्द्र रेग्मी, संयोजन समिति सदस्य तथा विप्लब नेतृत्वको बुद्धिजीवी संगठनका उपाध्यक्षले नयाँ जनवाद र समाजवादको बहसको मिलनविन्दु;
लोक नारायण सुवेदी, सल्लाहकार तथा नेकपा प्रमुखले नयाँ जनवादबाट समाजवादमा संक्रमणका अनुभवबाट सिक्न पर्ने कुराहरु; चन्द्रहरि सुवेदी, पिबिएम, नेकपा (क्रान्तिकारी माओवादी) ले दीर्घकालीन जनयुद्ध लगायत चिनी अनुभवको नेपालमा सान्दर्भिकता विषयमा संक्षिप्त मन्तब्य राखेका थिए ।
कार्यक्रममा महिला नेतृ शिला सिंह (जर्मनीबाट) पनि बोलेकी थिइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित