काठमाडौं । संसदीय निर्वाचनपछि कुनै पार्टीले बहुमतट प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीको निर्वाचनका सन्दर्भमा को हुने भन्ने अन्यौलता रहेका बेला गठबन्धनका एक घटक नेकपा माओवादीका अध्यक्ष (प्रचण्ड) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका थिए । त्यहाँ भएको छलफलले नयाँ सत्ता समीकरण गर्दै माओवादीको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेका छन् । यो सँगै अब वाम लोकतान्त्रिक गठबन्धन भत्किएको छ । कोशिस गर्दा पनि सरकार गठनका लागि बहुमत पु¥याउन नसकेको बामलोकतान्त्रिक गठबन्धन झनै संकटमा परेको छ ।
अब वाम लोकतान्त्रिक गठबन्धनमा वाम पक्षधर भनेका राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले अब के गर्ने हुन भन्ने भएको छ । दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको छ । २ वर्षपछि एमालेले प्रधानमन्त्रीको नेतृत्व लिने सहमति भएको छ ।
भत्कियो वाम लोकतान्त्रिक गठबन्धन

Comments