देउवाको जिद्दीले प्रचण्ड प्रधानमन्त्री

काठमाडौँ । एमालेको सहयोगमा माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बनेका छन् । “काङ्ग्रेस-माओवादी केन्द्र सहितको गठबन्धनले बहुमत ल्याउने छ र देउबा र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्नेछन” गत चुनावमा यही प्रचार गरिएको थियो । पहिले देउबा प्रधानमन्त्री बन्ने कि प्रचण्ड बन्ने रस्साकस्सी केही दिनदेखि चलिरहेको थियो । यस भन्दा पहिले २०७४ को चुनाबमा ओलीसँग यस्तै आलोपालो प्रधानमन्त्री बन्ने गरी सहमति गर्दा ओलीले पालो नदिदाको अनुभव सम्झिएर यसपटक प्रचण्ड पहिले आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहेकाथिए । निकै कसरत गर्दा पनि देउवाले पहिले आफू प्रधानमन्त्री बन्ने दाबी छाडेनन् । देउवा र प्रचण्डको यो रस्साकसीलाई बुझेका एमाले नेता केपी ओलीले राम्रैसित फाइदा उठाउने मौका पाए ।

तीन वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र दुई वर्ष पछि एमालेलाई पालो दिने, राष्ट्रपति र सभामुख एमालेको बन्ने गरी आज पौष १० गते सहमति भएको जनाइएको छ।

कतिपय विश्लेषकहरुले काङ्ग्रेसको भोटले सांसद बन्ने र एमालेको सहयोगले प्रधानमन्त्री बन्ने प्रचण्डको हददर्जाको धोकेबाज चरित्रहो भनेका छन् । कतिपय काङ्ग्रेस जनले देउवाको जिद्दीले गर्दा आफ्नै हातमा आएको सत्ता पनि फुस्कियो भनेर देउवाको बिरोध गरिरहेका छन् । बिगतमा काङ्ग्रेस र माओवादी केन्द्रको बिचमा भएको सहमति अनुसार प्रचण्डले देउवालाई पालो दिए जस्तै यसपालि पनि उनले पालो दिने थिए । देउवाकै कारण सत्ता विमुख हुनु पर्यो भनेर काङ्ग्रेस बृत्तमा तनाव बढेको छ।

यता सत्ता बिमुख भएर पीडामा परेका एमालेवृत्तमा खुसी छाएको देखिन्छ । गठबन्धनमा सामेल हुन थालेका साना पार्टीहरुमा उत्साह बढेको छ । एसका माधव नेपाल, मसालका मोहनविक्रम,चित्रबहादुरको प्रतिगमन विरोधी आन्दोलन कहाँ गयो भनेर सामाजिक सन्जालमा हाँसीमजाक गर्नेहरु पनि प्रसस्तै भेटिएका छन्।

संसदीय व्यवस्था भनेकै सत्ताको लुछाचुडी गर्ने, ढाँट र बेइमानहरुको व्यवस्था हो ।अहिले चलिरहेको घात प्रतिघात व्यवस्था कै चरित्र हो भन्नेहरु पनि छन् । देश दिन प्रतिदिन परनिर्भर हुँदै गैरहेको छ तर संसदवादी दलहरु सत्ताको छिनाझपटीमा नै तल्लीन भैरहेका छन् । यसले  व्यवस्थाकै आयु छोट्टाउँदै जाने छ भनेर विष्लेषण गर्नेहरु पनि छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित