दिल्ली । अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समिति अन्तर्गत बल्लभगढ एरियाको भेला २५ डिसेम्बर २०२२ मा सम्पन्न भएको छ । भेला अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायण शर्माले एकता समाजको लक्ष्य, उद्देश्यबारे स्पष्ट पारेका थिए । नगर अध्यक्ष बिनि माधव पौडेलले संगठन निर्माणको इतिहासबारे प्रष्ट पारेका थिए । उनले भने– सन् १९७९ मा यो संगठन ७ जनाले बनाएको बताए । उनले अगाडि भने “अहिले एकता समाजका केही व्यक्तिले संगठनलाई स्वच्छाचारी, अवैधानिक र दलाली गर्ने तरिकाले विसर्जनको दिशामा लगेका छन् । यसमा धेरै दुःख लागेको छ । अब यो संगठनलाई बचाउने जिम्मा तपाई हाम्रो काँधमा आएको छ ।”
भेलाले अयोध्या चालिसेको अध्यक्षतामा ११ जनाको एरिया समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खड्क बहादुर राना, सचिवमा आरवि पुन, सहसचिव विष्णु पुन र कोषाध्यक्षमा कल्पना चालिसे रहेका छन् । समितिको सदस्यहरुमा ओम बहादुर राना, मेघबहादुर राना, मिथुन श्रीस, चुनाव चालिसे, अमन चालिसे र बलराम कुमार रहेका छन् । भेलामा प्रमुख अतिथिद्वारा सदस्यहरुलाई सदस्यता हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर सदस्य अयोध्या चालिसेले गरेका थिए भने कार्यक्रमको संचालन थमन थापाले गरेका थिए ।
अखिल भारत नेपाली एकता समाज बल्लभगढ एरियाको भेला सम्पन्न
Comments