काठमाडौं । नेपालका क्रान्तिकारी तीन कम्युनिस्ट पार्टीहरुले १३० औं माओ दिवस राष्ट्रिय नाँचघर जमलमा एक विशेष कार्यक्रम गरी मनाएका छन् । कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश वली, संचालन नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदी र स्वागत नेकपा (मशाल) पोलिव्यूरो सदस्य कृष्णराज पौडेलले गरेका थिए । शहिदहरुप्रति १ मिनेट मौन धारण गरी अगाडि बढेको कार्यक्रममा अतिथिहरु नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपाली, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटि सदस्य सिपी गजुरेल, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला रहेका थिए ।
कार्यक्रमका अतिथि वक्ताहरुले कम्युनिस्ट आन्दोलनमा माओको अद्वितीय योगदान रहेको कुरा बताए । कार्यक्रममा सबै पार्टीका सल्लाहकारहरुको आतिथ्यता रहेको थियो । सल्लाहकार अतिथिहरुमा नेकपा (मशाल) का गोविन्द सिंह थापा, नेकपा(क्रान्तिकारी माओवादी) का कमल चौधरी र नेकपा (बहुमत) का असारे काका रहेका थिए । अन्य केन्द्रीय नेताहरुमा नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा, नेकपा (क्रान्तिकारी माओवादी) का रामसिंह श्रीस, परी थापा, हरिभक्त कंडेल, नेकपा (बहुमत) का बाबुराम गजमेर र उदय चलाउनेको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तीनवटै क्रान्तिकारी पार्टी निकटका सांस्कृतिक संगठनहरु रक्तिम सांस्कृतिक अभियान र सामना परिवारले जुझारु गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले उठेर अन्तर्राष्ट्रिय गीत गाएका थिए । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
मनाइयो १३० औं माओ दिवस

Comments