माघ ५ गते बेलुकी मशाल जुलुश सम्पन्न माघ ६ गते भारत र चीनको मिचाहा प्रवृत्तिका विरुद्ध विरोध सभा हुँदै

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८१ माघ ५ गते बेलुकी नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्बन्धमा भारत –चीनले गरेको सहमति तथा उनीहरुको मिचाहा प्रवृत्तिका विरुद्ध मशाल जुलुश प्रदर्शन गरेको छ ।

 

मशाल जुलुश असन देखि भेडा सिङ हुँदै नरदेवी चोक सम्म गरिएको थियो ।

 

मशाल जुलुसमा लिपु लेक हाम्रो हो । भारत – चीन बीचको लिपु लेक सम्बन्धी गरिएको सम्झौता खारेज गर। एम सी सी सम्झौता खारेज गर । माघ ६ गतेको विरोध सभा सफल पारौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद । मार्क्सवाद– लेनिनवाद – माओवाद  जिन्दावाद । दलाल संसदीय ब्यबस्था मूर्दावाद लगायतका नारा लगाइएको थियो । कार्यक्रममा पार्टीका काठमाडौं जिल्ला सदस्य बन्धु देब पाण्डेले मन्तब्य सहित मशाल जुलुश समापन भएको घोषणा गर्नु भएकोथियो ।

माघ ६ गतेको विरोध प्रदर्शनलाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ बजे शान्तिबाटिकाबाट जुलुस शुरु गरी जनबहाल चोकमा विरोध सभा गरिने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित