काठमाडौं । नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको नेतृतवमा सरकार गठन भएको छ । मंसिर ४ गतेको निवाृचनमा तेस्रो दल बनेको ने.क.पा.(माओवादी) पार्टीलाई सरकार संचालनको जिम्मा आएको छ । वाम लोकतान्त्रिक गठबन्धनका माध्यमबाट चुनाव जितेका प्रचण्डले गठबन्धनमा आफ्नै प्रधानमन्त्री बन्नुपर्ने अडान राख्दै आएका थिए । तर वाम लोकतान्त्रिक गठबन्धनका नेता नेपाली कांग्रेसका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डका कुरा नसुनिरहेका बेला नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको सहमतिमा सरकारको नेतृत्वमा गएको हो ।
प्रधानमन्त्रीले तत्कालका लागि ३ उपप्रधानमन्त्री, ४ मन्त्रीहरु नियुक्त गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री मन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने रहेका छन् भने मन्त्रीहरुमा ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई, अब्दुल खानलाई पछि जिम्मेवारी तोकिने बताइएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिबाट र मन्त्रीहरुले प्रधानमन्त्रीबाट राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।