सुस्ता र दोधारा–चाँदनीमा भारतीय हस्तक्षेप

काठमाडौं । नवलपरासीको सुस्ता र कञ्चनपुरको दोधारा–चाँदनीमा भारतले हस्तक्षेप गरेको छ । गत माघ २० गते कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनमा भारतीय एस.एस.वी. सहित भारतीयहरुले ट्याक्टर लगाई जोत्दा स्थानीय नेपालीहरुले प्रतिकार गरेका थिए । दोधारा–चाँदनी नगरपालिकासित भारतको २२ कि.मी. भूभाग खुला सिमाना छ ।
माघ २० गतेको घटनाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कञ्चनपुर जिल्ला सेक्रेटरी विष्णुराम दमाईले भन्नुभयो, “भारतीय पक्षले एकतर्फीरुपमा सिमानामा नाप जाँच गर्ने र सिमाना रेखाङ्कन गर्न खोज्नु भारतीय पक्षको नेपालमाथिको हस्तक्षेप नै हो । सम्पूर्ण देशभक्त नेपालीहरुले भारतको अतिक्रमणकारी रवैयाको विरोध गर्नुपर्दछ ।” २०७५ सालमा कञ्चनपुरकै बेलौरी क्षेत्रमा एकतर्फीरुपमा सीमा स्तम्भ गाड्न भारतीय पक्षले खाल्डोहरु खनिरहेको भेटाएपछि पूरै नेपाली गाउँलेहरु विरोध गर्न गएका थिए । त्यसपछि उनीहरु खाल्डो खन्न छाडेर हिंडेका थिए । नेकपाका सुदूरपश्चिम प्रदेश समिति इन्चार्ज भरत सीले २०८१ माघ २२ गते एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै माघ २० को भारतीय हस्तक्षेपको घटनाको विरोध गर्नु भएको छ र नेपाल सरकारलाई भारतीय पक्षको राष्ट्रविरोधी हर्कत रोक्न र कुटनैतिक रुपमा समस्या समाधान गर्न माग गर्नु भएको छ । कञ्चनपुरस्थित सशस्त्र प्रहरीका एक अधिकारीले हाँकसित कुरा गर्दै दोधारा चाँदनीको देउराली टोल, धामी टोल र कञ्चन भोज टोलमा भारतीय किसानहरुले नेपालतर्फ आई खेती गर्ने र कतिपय ठाउँमा नेपालीहरुले भारततर्फ खेती गर्ने हुँदा विवाद आइरहने हुँदा यस्ता विवादलाई दुवै पक्षले दशगजा साँध स्पष्ट गरेर टुंग्याउनु पर्ने आवश्यकता रहेको बताए । भारतद्वारा अतिक्रमित कञ्चनपुरको प्याराताल क्षेत्रको विवाद टुंगिएको छैन ।
गत माघ २२ गते हतियारधारी भारतीय प्रहरी नेपाली भूमि नवलपरासीको सुस्ता प्रवेश गरेको घटनाको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले एक वक्तव्य प्रकाशित गर्नु भएको छ । वक्तव्यमा भनिएको छ–“ “नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा हतियारधारी भारतीय सुरक्षाकर्मीले गरेको गस्ती प्रति हाम्रो पाटी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति नवलपरासीको गंभीर ध्यानाकर्षण भएको छ । मिति २०८१ माघ २२ गते सोमबार दिउँसो नेपालको अखण्डता, सावैभौमसत्ता र स्वाधीनताको खिल्ली उडाउदै आफ्नो विस्तारवादी नीतिलाई लागु गर्न भारतीय सुरक्षाकर्मीले सुस्तामा हस्तक्षेप गरेको हाम्रो पार्टीको ठहर छ । पटक पटक सुस्ताका जनताको देशप्रतिको वफादारीतालाई कमजोर बनाउने नियतले मेहनतकस जनतालाई दुःख दिने भारतीय सुरक्षाकर्मीको रबैया प्रति हाम्रो पार्टी घोर भत्र्सना तथा निन्दा गर्न चाहन्छ । भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको घटनाले स्थानीयवासी त्रसित भएका छन् ।
अत ः यस्ता घटना दोहोरिन नदिन हामी नेपाल सरकार एवं जिल्लास्थित प्रहरी प्रशासन सँग माग गर्न चाहन्छौ ।
साथै, हस्तक्षेपकारी भारतीय विस्तारवादी नीति र नेपाल सरकारको उदाशीनताको बिरुद्ध उत्रन देशभक्त, क्रान्तिकारी तथा बामपन्थी शक्तिमा आब्हान गर्दछौ ।”
माघ २२ को घटनाबारे सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले हाँकसित भन्नुभयो, “माघ २२ गते करिब ७ जना भारतीय प्रहरीहरु हतियार सहित गाडीमा सुस्तास्थित जनता दलित आधारभूत विद्यालय नजिकैको सडक भएर पहाडी टोल, बड्काटोल हुँदै नवनिर्मित झोलुङ्गे पुल तर्फ जाँदै थिए । त्यो कुरा स्थानीय जनताले थाहा भएपछि सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई जानकारी गराए ।
स्थानीय जनताको सहयोगमा उनीहरुलाई सशस्त्र प्रहरी र जनपथले नियन्त्रणमा लिएपछि उनीहरुले बाटो बिराएर नेपाल प्रवेश गरेको, कमजोरी भयो भनेका थिए । पछि नवलपरासीका सिडिओले भारतीय पक्षसित कुराकानी भइसकेको, उनीहरु झुक्किएर नेपाल आएको भनेपछि फिर्ता पठाइएको थियो ।” जैसवालले अगाडि थप्नुभयो, “भारतीय प्रहरीहरुले २ वर्ष पहिले पनि यसरी नै हतियार सहित सुस्ता प्रवेश गरेका थिए ।
विगतमा हतियार सहित नेपाल प्रवेश गरेर भारत पु¥याई कार्वाही गरिएका घटना पनि छन् । हतियार सहित भारतीय प्रहरी नेपाल प्रवेश गर्नु नेपालमाथि हस्तक्षेप हो । सबै नेपालीले यसको विरोध गर्नुपर्दछ ।”
नेपाल सरकारले पहिलो कुरा भारतसित माथिल्लो तहबाट सिमानाको विवाद टुंग्याउनु पर्दछ । नेपाल र भारतका बीचमा सिमानामा उब्जिने समस्या हल गर्न नेपाल पक्षले भारतसित दृढतापूर्वक आफ्ना अडानहरु राख्न सक्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित