काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा पुगेका छन् ।
मन्त्री परिषद् विस्तार र मन्त्रालयको बाँडफाँड र प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको टुंगो लगाउने विषयबारे छलफल गर्न एमाले अध्यक्ष ओली खुमलटार पुगेका छन् । प्रधानमन्त्री सहित सात जनाको मन्त्री मण्डल गठन भइसकेको छ । गठित मन्त्रीमण्डलका मन्त्रीहरुका पनि जिम्मेवारी तोकिएको छैन । भने थप मन्त्रीहरु कुन कुन पार्टीबाट हुने भन्ने टुंगो लागेको छैन । केपी ओली खुमलटार जानुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
Comments