पुस १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मशाल) को गत आश्विन २७–३० गते सम्म विशेष महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले पारित गरेका दस्तावेजहरुलाई मशालले ४ वटा पुस्तकमा प्रकाशित गर्ने भएको छ । जसमा “राजनैतिक दस्तावेजहरु” शीर्षकको पुस्तक मुख्य हो । यो पुस्तक ८० पृष्ठको छ । जसमा राजनैतिक प्रतिवेदन, राजनीतिक शक्तिहरुको विश्लेषण, राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, संसदीय निर्वाचनको सक्रिय बहिष्कार सम्बन्धी प्रस्ताव, तात्कालिक ठोस कार्यक्रम र समसामयिक प्रस्तावहरु समेटिएको छ ।
दोस्रो पुस्तकमा पार्टीको नीति तथा कार्यक्रम र संगठनात्मक प्रस्ताव गरी दुईवटा दस्तावेज समेटिएको छ । यो पुस्तक ३५ पृष्ठको छ । तेस्रो पुस्तकमा अर्को दस्तावेज “विधान” राखिएको छ । विधान २८ पृष्ठको छ । राजनीतिक दस्तावेजहरु रु ८०, पार्टीको नीति तथा कार्यक्रम र संगठनात्मक प्रस्ताव रु ४० र विधान रु. ३० सहयोग रासी राखिएको छ । “गतालको मूल्यांकन” र “जाति, भाषा, धर्म, संस्कृति सम्बन्धी प्रस्ताव” दुई दस्तावेजलाई समेटेर अर्को पुस्तक छिटै प्रकाशित हुने मशाल स्रोतले जनाएको छ । प्रकाशित दस्तावेजहरु वितरण भइसकेको पनि मशाल स्रोतले जनाएको छ ।