माघ १२, काठमाडौं । नेकपा (मशाल) जिल्ला संगठन समिति चितवनका सदस्य का. अग्निधर सुवेदी (संघर्ष) को २०७९ माघ १० गते साँझ असामयिक निधन भएको छ । उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउँदै नेकपा (मशाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (मशाल) का प्रवक्ता का. रामबहादुर बुढाद्वारा २०७९ माघ १२ गते एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै, उहाँको निधनप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“का.अग्निधर सुवेदी (का.सङ्घर्ष)को २०७९ माघ १० गते साँझ मृत्यु भएको छ । हाम्रो पार्टी उहाँको मृत्युप्रति दुःख व्यक्त गर्दछ ।
का.अग्निधर सुवेदी बाग्लुङ जिल्ला जैमिनि न०पा० वडा नं. ७ जैदी हेकलाङ्मा जन्म भै रोजगारीको लागि भारत चैन्नैमा जानुभएको र सङ्गठित हुनुभएको थियो । पछि पारिवारिक बसाइ सराइले अहिले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २३ जगतपुरमा बसोवास गर्नु भएको थियो । उहाँ नेकपा (मशाल) जिल्ला सङ्गठन समिति चितवनको सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई क्षति पुगेको छ । हाम्रो पार्टी का.अग्निधर सुवेदी (का.सङ्घर्ष) प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ ।”
का. अग्निधर सुवेदीको असामयिक निधन
Comments