काठमाडौ । बुटवलका सुदिप न्यौपानेको आतंककारीहरूद्वारा भारतको कास्मीरमा हत्या भएको छ । हिजो वैशाख ९ गते (अप्रील २२ ) मा ईस्लामिक आतंकवादीहरूले कास्मीर घुम्न गएका बेला २६ जना पर्यटकहरूको हत्या गरेका थिए । जसमा एक नेपाली युवा सुदिप न्यौपानेको पनि हत्या भएको हो ।
बुटवल उपमहानगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष दधिराम न्यौपानेले हाँक सित कुरा गर्दै सुदिपको हत्या भएको पुष्टि भएको बताए । वडा अध्यक्ष न्यौपानेले भने , “ आमा ,छोरा,छोरी, ज्वाई सहित ४ जना घुम्न गएका मध्ये ३ जना जीवित नै छन । उनीहरू कास्मिरबाट दिल्ली र दिल्लीबाट जहाजमा शव सहित काठमाडौ आउन थालेकाछन । ” सुदिप कौशल न्यौपानेका छोरा हुन् । आमा र बुबाको सम्बन्ध बिच्छेद भए पछि सुदिप आमा सित बस्दै आएका थिए ।
Comments