काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ११ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नंः१
यो टोलीले दिनभरी मकवानपुर जिल्लामा ४ वटा कोणसभा सम्पन्न गरेको छ ।
पहिलो कोणसभा ः
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को बस्तीपुर बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य शारदा महतले सम्बोधन गर्नु भएको थियो ।
दोस्रो कोणसभाः
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० को सीमाचोकमा कोण सभा सम्पन्न भएको छ ।उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसले सम्बोधन गर्नु भएको थियो ।
तेस्रो कोणसभाः
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिकाको मानस चोकमा कोण सभा सम्पन्न भएको छ ।उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य शारदा महतले सम्बोधन गर्नु भएको थियो ।
चौथो कोणसभाः
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को चौघडा चोकमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो ।
माथि बताइएका ४ वटै कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मकवानपुर जिल्ला सचिव सद्दाम हुसेनले सन्चालन गर्नु भएको थियो ।
टोली नम्बर २
अभियानको उनन्चालिस औं दिन अर्थात् बैशाख ११ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ९, सिरानचौरको स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्दै कोणसभा गरिएको छ । सभामा अभियानबारे जिल्ला सचिव धन गोलेले पार्टीको अबधारणा राख्नुभएको हो । सभा सके पश्चात अभियान टोली जनतासँग श्रम सहयोगमा सहभागी बनेको थियो ।
टोली नम्बर ३
भिमाद नगरपालिका–१ उड्सिङ भञ्ज्याङ्गमा पर्चा वितरण भयो। बोटमामा वाल पेन्टिङ गरियो। शहीद राम भक्त सिग्देल ( बिकास ) को घर परिवारसँग अभियान टोलीले भेटघाट गर्यो। घिरिङ गाँउपालिका–१को पुट्टारमा पर्चा बितरण गर्नुकासाथै जन भेटघाट गर्यो।
अभियान टोली घिरिङ गाउँ कार्यपालिकाको कार्यालयमा पुगेको थियो। गाउँ कार्यपालिका कार्यलयमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुखहरु पनि न भएको पाइयो। अध्यक्षलाई बुझ्दा कार्यव्यस्तताका कारणले समय न मिलेको बताए। तर अभियान टोलीले अघिल्लो दिनदेखि अध्यक्ष सँग समय मागेको थियो। अभियान टोली आईपुग्ने समयमा कार्यालयबाट निस्केको अभियान टोलीले जानकारी पायो। गाँउ पालिकाबाट अभियान टोली निस्के पछि घिरिङ गाँउपालिका–३ को मानपुरमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो। आज गाँउ वस्तिमा ब्यापक भ्रष्टाचार ब्याप्त छ। आफुलाई जनप्रतिनिधि ठान्नेहरु जनताको करमा रमाएका छन्। तसर्थ हाम्रो अभियान टोली जनतालाई सचेत गराउन र भ्रष्टचारीहरुलाई खबरदारी गर्न आएको बताउनुभयो।
ऋषिङ गाउँपालिकाको कार्यपालिका कार्यालयमा अभियान टोलीले अन्तरक्रियात्मक छलफल गरेको छ। अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाई र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। अभियान टोलीको तर्फबाट अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो। त्यसपछि अभियान टोलीले विभिन्न बिषयमा छलफल गरेको थियो। ५२ करोड ४८ लाख २८ हजार बजेट भएको गाँउ पालिकाको आन्तरिक आम्दानी भने २ करोड मात्र रहेको अध्यक्षले भन्नु भयो। १० करोड बेरुजु रहेको यो गाउँपालिकाको लिजामा तनहुँ जिल्लाको चौथौ स्थानमा रहेको जानकारी भयो।भौतिक पूर्वाधारमा लगानी गरेको तर सामाजिक विकास क्षेत्रमा अत्यन्तै कम लगानी भएको पाईयो। गाउँपालिकामामा एस .इर्. इर्. मा उत्कृष्ट जि. पि. ए.लिएका १५ जना विद्यार्थीहरुलाई एक तह गाँउपालिकाले पढाउने व्यवस्था गरेको, गाँउ पालिकाले ४२.५ केटिएम म्याराथन दौड सञ्चालन गर्ने नेपाल को पहिलो गाउँपालिका भएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनु भयो।
अभियान टोली प्रमुख कृष्णराज पौडेलले राख्नु भएको तात्कालीन राजनैतिक परिस्थितिको बिचारसँग आफु सहमत रहेको र दलहरुको कार्यशैलीका कारण राजावादीहरुको चलखेल बढेको कुरा सत्य भएको अध्यक्षको भनाई थियो। यदी राजावादीहरुका कारणले ०६२–०६३ को आन्दोलनका उपलब्धिहरु माथि संकट आउछ भने सम्पुर्ण गणतन्त्रका पक्षधर शक्तिहरू एक हुनुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका राजेन्द्र कृष्ण श्रेष्ठले अभियान टोलीको अभियानको उद्श्य सफल रहोस् भन्दै शुभकामना प्रकट गरेका थिए।
अभियान टोली राती लम्जुङ जिल्ला को मध्यनेपाल नगरपालिका को दुई पिप्लेमा बास बसेको थियो।
टोली नम्बर ४
यो टोलीले चितवनमा ४ वटा कोण सभा सपन्न गरेकोछ ।
पहिलो कोण सभाः
चितवन जिल्लाको खैरहनी नगरपालिकाको पुरानो पर्सा बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । जसको संचालक दिनेश थापा ,कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य र
वक्ता नवीन खड्का (केन्द्रीय समिति सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सदस्य)
हुनुहुन्थ्यो ।
दोस्रो कोण सभाः
चितवन जिल्लाको खैरहनी नगरपालिकाको पर्सा बजारमा (२४ कोटे चोक) कोणसभा कार्यक्रम सम्पन्न भएको छ।
संचालक दिनेश थापा (केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज) र वक्ता धनेस्वर पोख्रेल (पिबिएम )हुनुहुन्थ्यो ।
तेस्रो कोण सभाः
रतननगर नगरपालिकाको टाडी बजारमा कोणसभा सम्पन्न ।
संचालक दिनेश थापा (कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य) र वक्ता हेमन्त प्रकाश ओली सुदर्शन ( पार्टीको स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख) हुनुहन्थ्यो ।
चौथो कोण सभाः
रतननगर नगरपालिकाको सौराहा बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो ।।
संचालक दिनेश थापा तथा वक्ता अशोक लम्साल (पिबिएम तथा ११ नं. ब्यूरो सचिव) हुनुहुन्थ्यो ।
अभियान टोलीले चितवनमा व्यापक पर्चा बितरण र व्यापक नारा लेख्ने काम सम्पन्न गरेको छ ।