काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १२ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१

यो टोलीले सर्वप्रथम विहान मकवानपुर गढीको अवलोकन गर्ने काम गरेको थियो । सेनबंशी राजाहरुको यो गढीको महत्वपूर्ण इतिहास रहेको छ ।
त्यसपछि बकैया छतिवनमा सहीद रुद्र पाख्रिनको शालिक अबलोकन गर्ने काम भयो । २०५९ पौष २७ गते नेपाली सेनाले त्यसै ठाउँमा उहाँको हत्या गरेको थियो ।

पहिलो कोणसभा:
मकवानपुर जिल्लाको बकेया गाउँपालिका ४ जुरेली बजारमा कोण सभा सम्पन्न भयो । सभालाई सम्वोधन पार्टी पिविएम चन्द्रहरी सुवेदी र संचालन शद्दाम हुसेनले गर्नु भयो ।
दोस्रो कोणसभा:
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १७ मा कोण सभा सम्पन्न भएकोछ , जसलाई पार्टी पिविएम इश्वर प्रसाद तिमिल्सीनाले सम्वोधन र कमरेड सद्दाम हुसेनले संचालन गर्नु भयो ।
तेस्रो कोणसभा:
मकवानपुर जिल्लाको हेटौडा उपमनपा ८ कमानेचोकमा सम्पन्न भयो, जसलाई सम्वोधन पार्टीको पिविएम शारदा महतले र संचालन पार्टी पिविएम चन्द्रहरी सुवेदीले गर्नु भयो ।
सहीद परिवार ,सहीद रुद्रपाखिन को श्रीमतिलाई भेटने काम भयो । अन्त्यमा सहीद रुद्रपाख्रिनको गाउँमा रहेको सहीद रुद्र पाख्रीन स्मृति पार्कको अवलोकन गरियो ।
कोणसभा सम्पन्न गरिएका ठाउँहरुमा पर्चा वितरण र भित्ते लेखन व्यापक रुपले भएका छन् ।
टोली नम्बर २
पहिलो कोणसभा :
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलो सिरुवारी बजार कोटडाडामा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचिव धन गोलेले गर्नुभएको हो । सभालाई सम्बोधन शिव श्रेष्ठले गर्नुभएको हो ।

दोस्रो कोणसभा :
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नपा वडा नम्बर ७ सानो सिरुभारीमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । अभियानबारे एवम् पार्टीको नीति तथा कार्यक्रमबारे पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्यूरो सचिव सोमान सिंह तामाङले गर्नुभएको हो ।

तेस्रो कोणसभा :
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा ८, सिपा गहतेमा पिढिसभा गरिएको छ । सभामा जिल्ला सचीव धन गोलेले सहजीकरण गर्नुभएको हो । पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले जनसम्बन्ध बिस्तार अभियानबारे एवम् पार्टीको नीति तथा आगामी कार्यक्रमबारे बिषयबस्तु राख्नुभएको हो ।चौथो कोण सभा:
कार्यक्रम मण्डनदेउपुर सिपाघाट तल्लो बजारमा कोणसभा गरिएको छ । कोणसभामा अभियान बारे पार्टीको नीति तथा कार्यक्रम मन्तव्य मार्फत नारायण शर्माले राख्नुभएको हो ।
पाचौं कोण सभा मेलम्ची नगरपालिका वडा नम्बर १२, बाहुने पाटी बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जितमान घतानीले गर्नुभएको हो । सभाको सम्बोधन किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले गर्नुभएको हो ।
छैटौं कोणसभा मेलम्ची नगरपालिका वडा नम्बर ११, मेलम्ची बजारमा कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभामा सम्बोधन पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले गर्नुभएको हो ।
टोली नम्बर ३
यस टोलीले लमजुङ र तनहुँमा ५ ठाउँमा कोण सभा र एक अन्तर्कृयात्मक भेटघाट सम्पन्न गरेकोछ ।

पहिलो कोणसभा :
लमजुङको मध्य नेपाल नगरपालिका -६भोर्लेटारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम अम्विका मुडभरीले सम्बोधन गर्नु भएको थियो। आज गाउँगाँउमा सिंहदरबार ता आयो तर त्यो सिंहले न्याय, समानता र समृद्ध भन्दा भ्रष्टचार र व्यथिति ल्याएर आयो । हाम्रो वलिदान , शहीदहरूको रगतले साच्चिकै यही व्यवस्था कल्पना गरेको थियो त ? भन्दै उहाँको जोड थियो नेताहरुले धोका दिए तर हामी जनगणतन्त्रको बाटोमा अगाडि बढ्नु पर्छ भन्नुभयो । सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो। बजर क्षेत्रमा ब्यापक प्रचा वितरण गरिएको थियो।

दोस्रो कोणसभा:
लमजुङको सुन्दर बजार -६ मिलनचोकमा कोणसभा सम्पन्न भयो। कोणसभालाई ७ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम शेर कुमार खड्काले सम्बोधन गर्नु भएको थियो। “पार्टीले जनतासँग नङ र मासुको सम्बन्ध कायम गर्नुपर्दछ । जनताका सबै प्रकारका समस्या सँग एकाकार हुने पार्टी नै जनताको पार्टी हो। हाम्रो पार्टी यही सम्बन्ध कायम गर्न जन सम्बन्ध विस्तार अभियान लिएर आएका छौं ” भन्नुभयो । सञ्चालन तनहुँ जिल्ला सचिव नारायण लम्सालले गर्नु भएको थियो। अभियान टोलीले बजार क्षेत्रमा ब्यापक प्रचा वितरण गरेको थियो।अभियान टोलीले लमजुङको बेसीशहर नगरपालिकामा अन्तरक्रियात्मक छलफल गर्यो । नगरपालिकाको तर्फबाट नगर प्रमुख गुमान सिंह अर्याल र प्रशासकीय अधिकृत दिपेश अधिकारी सहभागी हुनुभएको थियो। नगर प्रमुखको कार्यकक्षमा भएको कार्यक्रम अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। त्यसपछि अभियान टोलीले नगरपालिकाको बजेट, शिक्षा स्वास्थ्य, शुसासन, दलित, महिला लगायत जनसम्बन्धका बिषयमा छलफल गरेको थियो। ७५ करोड सरदर बजेट रहेको नगरपालिकाको ५ करोड आन्तरिक बजेट रहेको नगर प्रमुखले जानकारी गराएका थिए। जनतासँग साझेदारी ( ६०/ ४० को हिसाबले ) गरेर झण्डै ६० वटा सडक निर्माण गरेको पनि जानकारी गराए।

तेस्रो कोणसभा
लमजुङ बेसीशहर नगरपालिका -९ को बेसीशहर को शेराचोकमा कोणसभा सम्पन्न भएको छ।कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख कृष्णराज पौडेलले सभालाई सम्बोधन गर्नु भयो । उहाँले भन्नु भयो “आज दलहरूलाई नागरिक चासो छदै छैन । जनताको छोरा छोरीले पढ्न पायो पाएनन् , जनताको पहुँचमा स्वास्थ्य उपचार पुगेको छ छैन र जनताले एक छाक खानको जोहो गर्न सकेका छन् वा छैनन् सरकार र सरकार सञ्चालकलाई थाहा नै छैन” । उहाँले भन्नु भयो “नागरिकका सामान्य आवस्यकता पनि पुरा गर्न न सक्ने दलहरूसँग हामीले के अपेक्षा गर्ने ? आज नेपाली जनताले गम्भीर प्रकारले सोच्नु पर्ने भएको छ” भन्नु भयो। उहाँको थप जोड थियो”अब उच्च प्रकारको सचेतना को आवश्यकता छ र त्यही चेतनाको जगबाट जनगणतन्त्र दिशामा अगाडि बढ्नुपर्छ भन्नुभयो। कोणसभालाई अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सञ्चालन गर्नु भएको थियो। बजार क्षेत्रमा ब्यापक प्रचा वितरण गरिएको थियो।
चौथो कोणसभा
तनहुँको बन्दीपुर गाँउपालिका को डुम्रे बजार कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो। आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास नगरिकन स्वाभिमानी नेपालको निर्माण हुन सक्दैन । “आज देशमा राष्ट्रिय पुँजीको धरासायी भईरहेको अवस्था र दलाल पुँजीवादको संरक्षण गर्ने काम भएको छ यो गलत हो” भन्नु भयो। कोणसभा सञ्चालन हुनुभन्दा अगाडि बजार क्षेत्रमा अभियान टोलीले ब्यापक प्रचा वितरण गरिएको थियो।
पाँचौ कोणसभा
तनहुँको आँबुखैरेनी गाँउपालिका-३ को आँबुखैरेनी चोक टोलमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । आज यथास्थितिवादीले यो देशलाई बृता ठानेका छन् । हामीले जे गरे पनि हुन्छ भन्ने अहमताले यिनीहरू कान न सुन्ने र आँखा न देख्ने भएकाछन् । यही परिस्थितिमा प्रतिगामी तत्वहरू खेल्न खोजेको देखिन्छ। ईतिहासको चक्का सधैं अगाडि बढ्छ प्रतिगमनकारीहरु को यो सपना खाली दिवा सपना हो। यो पुरा हुन सक्दैन । अब देश न्याय प्रेमी जनसमुदायको साथ र पहलकदमीमा देश अग्रगमन बाटोमा अगाडि बढ्ने छ भन्नु भयो। कोणसभा को सञ्चालन ७ नम्बर व्यूरो सचिव नारायण अधिकारीले गर्नु भएको थियो। बजार क्षेत्रमा ब्यापक प्रचा वितरण गरिएको थियो।
अभियान टोलीले अभियान यात्राका क्रममा तनहुँ र लमजुङमा वाल पेन्टिङहरु पनि गरेको थियो।
टोली नम्बर ४
यस टोलीले आज चितवनमा ६ वटा कोण सभा सम्पन्न गरेकोछ ।
पहिलो कोण सभा :
चितवनको रत्ननगर नगरपालिकाको जयमंगल बजारमा अभियान टोलीले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापाको सन्चालन र
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा चितवन जिल्ला सचिव विकास सापकोटाको मन्तव्य सहित उक्त कोणसभा सम्पन्न भएकोथियो ।
दोस्रो कोण सभा :
चितवन जिल्लाको रत्न नगर नगरपालिकाको पिढुवा बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
दिनेश थापाकै सन्चालन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा
अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडकाको मन्तव्य सहित उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

तेस्रो कोण सभा :
चितवन जिल्लाको कालिका नगरपालिकाको जुटपानी बजारमा कोणसभा सम्पन्न भएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा चितवन जिल्ला सचिव विकास सापकोटाको सन्चालन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख
हेमन्त प्रकाश ओली सुदर्शनको मन्तव्य सहित उक्त कोणसभा सम्पन्न भएको थियो ।
चौथो कोणसभा :
चितवन जिल्लाको कालिका नगरपालिकाको कल्पचोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ । संचालक दिनेश थापा (केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज ) र वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य धनेस्वर पोखरेल हुनुहुन्थ्यो ।
पाँचौ कोणसभा :
चितवन जिल्लाको कालिका नगरपालिकाको खोलेसिमल बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ ।
संचालक दिनेश थापा ( केन्द्रीय समिति सदस्य तथा कैलाली जिल्ला इन्चार्ज) र वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका होम बहादुर खड्का हुकुम हुनुहुन्थ्यो ।

छैटौं कोणसभा :
चितवन जिल्लाको भरतपुर महानगरपालिकाको क्यान्सर चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ ।कार्यक्रमको संचाल दिनेश थापाले नै गर्न भएको थियो । सम्बोधन हेमन्त प्रकाश ओलि सुदर्शन ( पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख ) हुनुहुन्थ्यो ।आज पनि चितवन जिल्लामा व्यापक पर्चा बितरण र नारा लेख्ने काम सम्पन्न भएकोछ । पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेलको ९० बर्षकी बिरामी आमालाई अभियान टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन सहितको टोलीले भेटघाट गरी स्वस्थ्य लाभको कामना गरेको छ। ।

