माघ १३, चितवन । भरतपुर महानगरपालिका वडा नं. २३ जगतपुर बस्ने कामरेड अग्निधर सुवेदीको माघ ११ गते साँझ चितवनको देवघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको २०७९ माघ १० गते साँझ निधन भएको थियो । नेकपा (मशाल) चितवन जिल्ला प्रवक्ता का. कमल गिरीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर का. अग्निधरको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँको अन्तिम संस्कार गर्नुभन्दा अगाडि एक मिनेट मौन धारण गरिएको थियो ।
Comments