माघ १९, नवलपुर । २०७९ माघ १८ गते चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुर बस्ने वर्ष ६७ का नेकपा (मशाल) जिल्ला समितिका सदस्य अग्निधर सुवेदी(का.संघर्ष)को नवौं दिनका दिन उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
नेकपा (मशाल) नवलपुर जिल्ला सक्रेटरी रामप्रसाद सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा पूर्व अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य दयाराम खनाल, नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि विमल शर्माले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा चितवन जिल्ला प्रतिनिधि कुलराज रिजालले मन्तव्य सहित समवेदना पत्र पढेर परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । यस कार्यक्रममा नेकपा–माओवादी केन्द्रका प्रतिनिधि कृष्ण प्रसाद शर्माले पनि मन्तव्य राख्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा विचार व्यक्त गर्ने वक्ताहरुले अग्निधर सुवेदीले भारतमा संगठनमा लागेपछि संगठनलाई गरेको योगदान र नेपालमा आएपछि पनि सहि राजनीतिको पक्षमा अगाडि बढिरहेको बारे उच्च मूल्याङ्कन गर्नु पर्ने विचारहरु राखेका थिए ।
श्रद्धाञ्जली सभा सम्पन्न
Comments