बाँके । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ३ नं व्यूरो सचिव दीपक शाही लाई कोहलपुर नगर प्रमुखको निर्देशनमा नगरप्रहरी द्वारा भएको हातपातको पार्टीको ३ नं व्यूरो इन्चार्ज लालबहादुर जाग्रीलेबैशाख १८ गते एक वक्तव्य प्रकाशित गरी निन्दा गर्नु भएको छ । जाग्रीले तत्काल दोषी पत्ता लगाई कारबाही गर्न पनि माग गर्नु भएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ । “क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको सन्दर्भमा३ न.(भेरी–कर्णाली) व्युरो अन्र्तगत वाके जिल्लाको कोहलपुर नगरपालिकाको त्रिभुवन मा. वि.अगाडि हिजो दिउँसो करिव २.०० वजे पार्टीका ३ न.(भेरी–कर्णाली) व्युरो सेक्रेटी दिपक शाहीले भित्तामा नारा लेखिरहेको समयमा कोहलपुर नगरप्रहरीले हातपात लछारपछार गरी अभन्द्र व्यवहार गरेको घटना प्रति पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ।
जनयुध्द् ्जनआन्दोलनवाट प्राप्त गरेको राजनीतिक अधिकार(लेख्न, सभा सम्मेलन गर्ने, विचार अभिव्यक्त मौखिक वा लिखतरुपमा) गर्ने पाउने विद्यमान संवैधानिक अधिकारलाई कुण्ठित वा सँकुचित गर्ने गरी गरेको नगर प्रमुख पुर्ण प्रशाद आचार्य प्रहरीको व्यवहार असंवैधानिक गैरकानुनी र अपराधजन्य कार्य भएकोले पार्टीले यस्ता असभ्य अशिष्ट घटनाको घोर भत्सना र निन्दा गर्दछौ।
यस कार्यमा नगर प्रहरी परिचालन गर्ने नगर प्रमुख पुर्ण प्रशाद आर्चायले यथाशीघ्र सार्वजनिकरुपमा माफि माग्नुपर्छ भन्ने अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल निलम्वन गरी कार्वाही गर्न माग गर्दछौ।विधमान संविधान कानुनले नागरिकलाई दिएको राजनैतिक तथा मौलिक अधिकारलाई कुनै पनि स्थानीय तहले संकुचन वा नियत्रण गर्ने गरी कुनै नियम वा निर्देशिका निर्माण गर्न पाउने छैन। गरेमा यस्ता नियम तथा निर्देशिका असंवैधानिक गैरकानुनी हुने भएकोले स्वतः वदर भइ अमान्य हुने छन। अतः यो घटनाका निर्देशक तथा संलग्न व्यक्तिहरु जो सुकै भए पनि यथाशीध्र कार्वाही गरियोस। कोहलपुर नगरपालिकाले कार्वाही नगरेमा पार्टी स्वयमले यस वारेमा छानविन गर्ने व्यहोरा यसै वक्तव्य मार्फत जानकारी गर्दछौ।

