काङ्ग्रेस नेता भण्डारीलाई मातृशोक

फागुन ४, काठमाडौं । प्रतिनिधि सभामा गुल्मी– १ बाट सांसद रहेका नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीलाई मातृशोक परेको छ । उनकी आमा हरिकला भण्डारीको निधन भएको छ । भण्डारी स्वयंलाई थप उपचारका लागि भारतको मुम्बई लान लागिएको छ ।

नेता भण्डारी र उनकी आमा हरिकलाको २०७९ फागुन ३ गते राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थिए । घाइते भएकी आमा हरिकलाको बिहिबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ ।

फागुन ३ गते बुधवार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । अहिले सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई तर्फ पठाउने तयारी गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित