काठमाण्डौ । अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला आगामि माघ २५–२७ गते सुनसरीको धरानमा हुने भएको छ । २०८२ कार्तिक १५ गते बसेको महासंघको केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेलाबारे सो निर्णय गरेको हो । बैठकको अध्यक्षता महासंघका अध्यक्ष पवनमान श्रेष्ठले गर्नु भएको थियो । बैठक उपत्यकामा रहेका सदस्यहरुको प्रत्यक्ष उपस्थिति र उपत्यका बाहिरका सदस्यहरु भर्चुअल रुपमा सहभागी हुनु भएको थियो । गत असोज ९ गते बसेको महासंघको कार्यालयको बैठकले मंसिरमा गर्ने भनिएको राष्ट्रिय भेलालाई विशेष परिस्थितिका कारण माघमा सारिएको हो ।
राष्ट्रिय भेलाको मूल नारा यसप्रकार तय गरिएको छ – “विदेशी कठपुतली सरकारको विकल्पमा स्वाधिन संयुक्त सरकारकालागि संघर्ष गरौं ,आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति र पहिचानसहितको संघीयताकोलािग संघर्ष गरौं,अखिल नेपाल आदिवासी महासंघको राष्ट्रिय भेला भव्य रुपमा सफल पारौं । ”
बैठकले एकल जातीय मोर्चाहरुको बैठक बस्ने ,आवश्यताअनुसार पुर्नगठन गर्ने र छन्त्याल ,भुजेल, राजवशी, धिमाल, मुण्डा, ताजपुरिया, गनगाइँ, लगायतका मोर्चाहरु गठन गर्ने निर्णय गरेको छ । महासंघका क्षेत्रीय समन्वय समितिको गठन तथा बैठक गर्ने एकल जातीय मोर्चाहरुको सदस्यता वितरण गर्ने,एकल जातीय मोर्चाहरुको राष्ट्रिय भेला पुस मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय भेलाकोलागि प्रतिनिधि पर्यवेक्षकहरुको संख्या निर्धारण गरेको छ । एकल जातीय मोर्चा र क्षत्रीय समन्वय समितिको प्रतिनिधित्वको संख्या पनि ठेगान गरिएको छ । बैठकले प्रचार प्रसार व्यार्नर,भित्तेलेखन, कोण सभा, बारे निर्णय लिनुका साथै आर्थिक व्यवस्थापन ,संघर्षकोबारे समेत निर्णय गरेको छ । राष्ट्रिय भेलाकोलागि प्रतिवेदन तयार गर्न अध्यक्ष पवनमान श्रेष्ठलाई,विधान मस्यौदा तयार गर्ने जिम्मा महासचिव फुर्नाम्गेल मोक्तानलाई बैठकले जिम्मा दिएको छ ।
आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला माघ २५–२७ मा धरानमा गरिने
Comments

