काठमाडौँ । आईसीसी क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईबाट ३११ रनको ठूलो लक्ष्य पाएको छ । नेपालले लिग २ मा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो। यूएईका तर्फबाट आसिफ खानले किर्तिमानी शतकीय पारी खेलेका थिए । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाए ।
कीर्तिपुर स्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको छ ।
यूएईका लागि वृत्य अरविन्दले ९४ (१३८) रन बनाए । उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट । ८ ओभरमा स्पेलमा २ मेडन राख्दै उनले १९ रन खर्चिएका हुन् । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर २७ रन दिए ।