पत्रकार महासङ्घको ६७औँ स्थापनाको अवसरमा आँखा शिविर

काठमाडौं । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति सङ्घसँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा महासङ्घ उपत्यका प्रदेश समितिले आयोजना गरेको शिविरमा एक सय ५५ जना पत्रकारले आँखा परीक्षण गरेका थिए । साथै उनीहरुलाई आवश्यकताअनुसार चस्मा र औषधिसमेत प्रदान गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित