अखिल भारत नेपाली एकता समाज हिसार नगर संगठन समिति गठन

हिसार, भारत । अखिल भारत नेपाली एकता समाज हिसार नगर संगठन समिति गठन भएको छ ।

नवगठित समितिको अध्यक्षमा हरि बहादुर, उपाध्यक्षमा प्रेम बहादुर थापा, सचिवमा रुपेस बराम, सह–सचिवमा मानबहादुर कुँवर, कोषाध्यक्षमा मदन थापा रहनु भएको छ भने सदस्यहरुमा गायत्री भाट क्षेत्री, सुशिल घिमिरे, विमल सुनार, सुशिल भाट क्षेत्री, गंगा थापा, दिपक थापा, इन्द्र प्रसाद भूसाल, विनोद खड्का, हरि प्रसाद, कमल शर्मा, उमेश राणा, भिम बहादुर, सुन्दर वि.क., दुर्गा नेपाली हुनुहुन्छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतका रोजगारीका लागि जाने नेपालीको हकहितको सुरक्षा तथा असाहय नेपालीलाई संरक्षण गर्दै आइरहेको अखिल भारत नेपाली एकता समाज एउटा चितपरिचित संगठन हो । यो संगठन भारतभरी छरिएको छ । यसका हजारौं सदस्यहरु क्रियाशील छन् । संगठनले नयाँ नयाँ ठाउँहरुमा संगठन विस्तार गर्दै गइरहेको छ । यसै सिलसिलामा हिसार नगर अन्तर्गत जवाहर नगरमा संगठन समिति गठन गरिएको जनाइएको छ ।

अखिल भारत नेपाली एकता समाज केन्द्रीय सल्लाहकार स्पाम वि.क.को उपस्थितिमा जवाहर नगरमा संगठन समिति  निर्माण गरिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित