सर्वोच्च अदालतमा मुद्दाको चाप

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको छ । सर्वोच्च अदालतले दरबन्दी अनुुसार न्यायधीश नहुँदा मुद्दाको चाप परेको बताएको छ ।

सर्वोच्च अदालतमा २१ जना न्यायधीश रहने संवैधानिक व्यवस्था भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायधीश रहेका छन् । यसले न्याय सम्पादन मै असर परेको छ भने सेवाग्राहीहरुले छिटो छरितो सेवा पाउन गाह्रो भैरहेको छ । प्रधान न्यायधीशसम्म कायम मुकायम रुपमा चलेको लामो समय भयो ।

अहिले कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की छन् । संविधान र कानुनले सर्वोच्च अदालतमा प्रधान न्यायधीश र न्यायधीश रिक्त हुनुभन्दा एक महिना अगाडि नै पदपूर्ति प्रक्रिया शुरु गर्ने व्यवस्था भए पनि यसपट्टी सरकारले ध्यान दिएको छैन । सर्वोच्च अदालतमा हाल झण्डै २९ हजार मुद्दा विचाराधीन छन् । न्यायधीशहरु नहुँदा विचाराधीन मुद्दाहरु छिनोफानोको समय झनै लम्बिने देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित