चितवन । गर्मी यामकाे आगमन संगै देशभरकै बनमा डढेलाे लाग्न सुरू भएकाे छ ।
नारायणघाट – काठमाडौ सडक खण्ड अन्तर्गतको कुरिन्टार बनमा डढेलो लागेको दृष्य देख्न सकिन्छ । नवलपुरकाे बनमा समेत डढेलाे लागेकाे देख्न सकिन्छ ।
देशकाे पूर्वी क्षेत्र उदयपुरकमे सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा डढेलो फैलिन छ । जसले यहाँका बस्ती जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेका छन् ।
गर्मी यामसंगै डढेलाे लाग्ने क्रम बढ्दाे छ । अग्नि नियन्त्रण सम्बन्धी सरकारको नीति नियम र बिपत ब्यबस्थापन माथि प्रश्न उठाउनु पर्ने अवस्था सृजना भएकोछ । सरकारसित बनमा लाग्ने डढेलाेकाे व्यवस्थापन गर्ने सही नीति नभएकाले गाउँलेले नै मिलेर डढेलो नियन्त्रण गर्ने गर्दछन् ।