बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मशाल) जिल्ला समिति रुपन्देही, प्रचारप्रसार विभागले २०८० सालको भित्तेपात्रो प्रकाशित गरेको छ ।
पात्रो अगाडि पछाडि गरी दुई पृष्ठको रहेको छ । पात्रोमा २०८० सालका विभिन्न छुट्टिहरूको उल्लेख गरिएको छ । ठूलो आकारमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटा सहित जन्म तथा मृत्युको मिति उल्लेख गरिएको छ ।
पात्रोमा देश तथा विदेशका विभिन्न नेताहरूको जन्म, मृत्युको समय समेत उल्लेख गरिएको छ ।
Comments