भारतव्यापी रुपमा मनाइयो ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसनयाँ दिल्ली । महिला मुक्ति आन्दोलनको एक ऐतिहासिक दिन ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भारतमा रोजगाररत श्रमजीवी नेपालीहरुले विविध कार्यक्रमका साथ मनाएका छन् । ८ मार्च २०२२ अर्थात् २०७८ फागुन १९ गतेका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भारतव्यापी रुपमा मनाइएको हो । भारतका विभिन्न शहरहरुमा सम्पन्न श्रमिक महिला दिवसका ती कार्यक्रमहरुमा बोल्दै महिला नेतृ तथा मूलप्रवाहका नेताहरुले ८ मार्चको क्रान्तिकारी परम्परालाई आत्मसाथ गर्दै संगठनलाई अघि बढाउने दृढता व्यक्त गरेका छन् । महिला मुक्ति आन्दोलनलाई पनि वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अघि बढाउन सकेको खण्डमा मात्र शोषित पीडित महिलाहरुको साँचो अर्थमा मुक्ति हुने उनीहरुले सम्बोधनको क्रममा स्पष्ट पारेका छन् । नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनलाई आफूहरुले भारतमै रोजगाररत रहेर पनि सहयोग गरिरहने प्रतिबद्धता पनि उनीहरुले सम्बोधनका क्रममा व्यक्त गरेका छन् ।चेन्नै मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले चेन्नैमा रचनात्मक कार्यक्रम सहित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको थियो ।
मूल प्रवाह चेन्नैका चारवटै नगर समिति अन्तरगत महिला विभागको आयोजना ८ मार्च २०२२ का दिन ११२ आंै श्रमिक महिला दिवस मनाइएको थियो । कार्यक्रममा जानुदेवि सुबेदीको अध्यक्षता र अतिथि आसनग्रहण पश्चात् १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा शब्दबाट तुलसा सुवेदी र गीत, संगितबाट रक्तिम परिवारका कलाकारले उपस्थित जनमासलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दुर्गा सुबेदीले गर्नुभएको थियो । श्रमिक महिला दिवसको बारेमा प्रकाश पार्दै शुभकामना दिने अन्य अतिथिहरुमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य हेमराज रिजाल, उमान्द आचार्य, दयाराम खनाल, नरबहादुर गुरुङ, ज्योतिनारायण सुवेदी, शेरबहादुर बिक, रन बहादुर थापा र अर्जुन केसी, अखिल भारत नेपाली विद्यार्थी संगठनका उपाध्यक्ष बिक्रम केसी, क्षेत्रीय समितिबाट तिलकराम गोराथोकि, माया हमाल, दिपा शर्मा, मोहराज सुवेदी हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, चेन्नै उत्तरबाट सोनु बराल, पश्चिम बाट उमान्नन्द ढकाल र महिला बिभागबाट सुनिता बस्याल, गिता शर्मा, पबित्रा शर्मा, खिमा गिरी, लक्ष्मी सुवेदी, देबी पौडेल, लक्ष्मी देवी, बिमला देवी, दुर्गाकली ढकाल र भगवति ढकाल रहनु भएको थियो । समारोहमा रचनात्मक कार्यक्रम अन्तर्गत घैटो फोड खेलमा २८ जना महिला सहभागी हुनुहुन्थ्यो । उक्त खेलमा प्रथम सुमित्रा सुवेदी, दोस्रो मनिषा न्यौपाने र तृतीय लक्ष्मी सुवेदी हुनु भएको थियो । खेलमा सान्त्वना पुरस्कार पबित्रा शर्माले प्राप्त गर्नु भएको थियो । प्रमुख अतिथि केन्द्रीय सदस्य दुर्गा सुवेदी र अतिथि शेर बहादुर बिकले पुरस्कार प्रदान गर्नु भएको थियोे । खेल खेलाउन नरबहादुर बिक बिक्रम केसी र मोहराज सुवेदीले सहयोग गर्नुभएको थियो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा निबन्ध वाचन सुनिता, बस्याल, तुलसा सुवेदी, माया हमाल, देवी रिजाल र दुर्गा सुवेदीले गर्नु भएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमका कलाकारहरुले गीत,नृत्य प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन देवी रिजालले गर्नुभएको थियो ।
दक्षिण बेंङलोर ः
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर बेँगलोरको महिला बिभागले अन्तर्राष्ट्रिय महिला दिवस ‘८ मार्च’लाई भब्य र सानदार रूपमा मनाएको छ । दक्षिणनगर महिला बिभागकि अध्यक्ष ज्ञानमति बि क को अध्यक्षता, विभागकी सचिव कलावति दयालको उदघोषक पछि एक मिनट मौन धारण गरेर अघि बढेको सो कार्यक्रमको प्रमुख अतिथि मुल प्रवाह का केन्द्रीय सदस्य करन दयाल हुनुहुन्थ्यो । कार्यक्रममा मुल प्रवाहका केन्द्रीय नेता गणेश बिक र सेरसिह बिक, नगर समितिका शिबराम बिक, महिला क्षेत्रीय विभागकी नेतृ मिना बिक, विद्यार्थी नगर विभागबाट रोशनी दयाल, रक्तिम विभागबाट दिपक बयानिको आतिथ्यता रहेको थियो । रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो भने महिला नगरकी नेतृ राधिका बिसीले शब्दबाट स्वागत गर्न भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै करन दयालले अन्तर्राष्ट्रिय महिला दिवसको औचित्यबारे बताउनु भएको थियो । अहिले भारतमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि दक्षिणपन्थीहरुले भ्रमको बिजारोपण गरेर गुमराह पार्ने थुप्रै प्रयत्न भैरहेको भन्दै उहाँले उक्त भ्रमको जालोलाई चिरेर सैद्वान्तिक समाजिक चेतनाको विकाश गर्नु पर्नेमा जोड दिनु भएको थियो । भारतभरीका आम नेपाली दाजुभाई दिदिबहिनीहरूले मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुँदै समाजिक चेतनाको विकास गर्नु पर्नेमा जोड दिंदै उहाँले महिला पुरूष हातेमालो गरेर संगठनमा आबद्ध हुनुपर्ने बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सचिव राम सिंह बिकले महिलाहरूको अधिकारको निम्ति महिलाहरू संगठित हुनु अनिवार्य छ रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा मन्तब्य दिंदै केन्द्रीय नेताहरू गणेश बिक र सेर सिंह बिकले ८ मार्चको क्रान्तिकारी परम्परालाई आत्मसाथ गर्दै महिला मुक्ति आन्दोलनका दिशामा निरन्तर अघि बढ्न आह्वान गर्नुभयो । महिला क्षेत्रीय विभागकी मिना बिकले कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूले चुलो चौकोमा सीमित बस्न नहुने बताउनुभयो । “म भन्न चहान्छु महिला मुक्ति आन्दोलनलाई तीब्र गति दिन महिलाहरू संगठित हुनु अति आबश्यक छ । हामीले चुलो चौकोमा सीमित नरहेर पुरूष प्रधान प्रबृतिको भण्डाफोर गर्नुपर्छ ।” नेतृ विकले भन्नुभयो–“बेँगलोरभरी केही सीमित हाम्रो बिरूद्धमा निकै भ्रर्म छर्न खनिएका छन् । उनीहरु जनताका जल्दाबल्दा समस्याहरूमा साथ सहयोग गर्न भन्दा हाम्रो बिरूद्धमा जानु भएको छ । त्यो गलत र झुटा भ्रमहरूले जनताहरू उनीहरुको फेबरमा छैनन भन्ने प्रष्ट हुन्छ ।”दक्षिण नगर महिला अध्यक्ष तथा अभिभावक ज्ञानमति बिकले कार्यक्रमको विसर्जनको दौरानमा बोल्दै क्लारा जेडकिङ्ग पनि हामी जस्तै परिश्रम गर्ने महिलाहरूलाई संगठित गरेर पुरूष प्रधान समाजको विरुद्धमा संघर्ष गरेर १५ हजार महिलाहरूलाई आन्दोलनमा उतारेर बिश्वमै महिला अधिकारको ग्यारेन्टी सुनिश्चित गर्नु भएको स्मरण गराउनु भयो ।दक्षिण नगरबाट शिबराम बिक, विद्यार्थी विभाग दक्षिण नगरबाट रोशनी दयाल, रक्तिम साँस्कृतिक अभियानका कलाकार दिपक बयानी, महिला विभाग एरिया अध्यक्ष तवराकेरेबाट हिरा ओडले समेत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिणनगरका नगर सदस्यहरूको सहभागी रहेको थियो ।कार्यक्रमको व्यवस्थापन र प्रचार प्रसारमा नगर सदस्य बिरेन्द्र बिक, अर्जुन टमोटा, हरिस बिक, जनक बयानि, राजेश बिक (रजनी) र उत्तम बयानिहरूको विशेष भूूमिका रहेको थियो ।
इलाहाबाद ः
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समितिको तत्वावधनमा ११२ औ अन्तराष्ट्रिय महिला दिवस दिनांक ८ मार्च २०२२ का दिन मनाइएको छ । कार्यक्रमको संचालन हरेन्द्र नाथले र अध्यक्षता विष्णु पाण्डेले गर्नु भयो । कार्यक्रममा अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई रोहित रानाले स्वागत गर्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य श्रीमती पम्फा न्यौपाने रहनु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेतृ न्यौपानेले ८ मार्चको बारेमा प्रष्ट पार्नुका साथै महिलाहरूको हकÞ हित र सुरक्षाको प्रत्याभूति गर्न महिलाहरू ससक्त रूपमा आन्दोलित हुन जÞरूरत रहेको बताउनु भयो । कार्यक्रमका विशेष बक्ता मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेले महिला दिवस, मूलप्रवाहको लक्ष्य र उद्देश्य तथा नेपालको बर्तमान राजनीति र एमसीसीका बारेमा बताउनु भएको थियो । उहाँले सम्बोधनका क्रममा एमसीसी परियोजना नेपालको लागि उपयुक्त नभएको पनि प्रष्ट पार्नु भयो । कार्यक्रममा नगर अध्यक्ष ओम बहादुर, सहसचिव माधव सापकोटा, नेपाली धर्म समाजका अध्यक्ष गोपालमणी काफ्ले, उपाध्यक्ष नील बहादुर थापा, सदस्य मणी काफ्ले, मूलप्रवाह नगर बाट कल्पना नाथ, हुमा थापा, उमा घिमीरे र माया थापाले मन्तव्य राख्नु भएको थियो । मनीषा शर्मा, सरिता पान्डे, कमला, पार्वती, मिना, थमी, महादेव थापा, टेक बहादुर, तिल बहादुर, किसन, राजु, जीवन,गिता सिंजाली, मनिसा सिंजाली, प्रियांका सिंजाली, जौमाया थापा र जुना क्षेत्री लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
फरीदाबाद
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समितिको तत्वावधनमा १२ औ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गिता पौडेलको संचालन र भुमिसरा बुढाथोकीको अध्यक्षतामा अघि बढेको थियो । कार्यक्रममा सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको औचित्य बारे केन्द्रीय सदस्य बेनीमाधव शर्माले प्रकाश पार्नु भयो । कार्यक्रमा केबल बहादुर बुढाथोकी लगायतका साथीहरूले नारी दिवसको बारेमा बोल्नु भएको थियो ।बेङलोर उत्तर८ मार्च २०२२ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेंगलोरद्वारा संचालित महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सफल पारिएको छ । कार्यक्रमको अध्यक्षता केन्द्रीय समितिकी सदस्य तथा नगर समितिकी कोषाध्यक्ष श्रीमती भारती परियारले गर्नु भएको थियो । कार्यक्रमको संचालन कृष्ण नेपालीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित जनमानससलाई रामसिंह जिएमले स्वागत गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष तथा नगर समितिका अध्यक्ष मदन भण्डारी, समितिका उपाध्यक्ष कृष्ण परियार, गगन परियार, गोपाल परियार र गौरी देवकोटाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । अन्तमा अध्यक्ष भारतीय परियारले कार्यक्रम भव्य र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।