राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र नेपाली , एघार सदस्यीय जिल्ला समिती

सन्धिखर्क / राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र नेपाली चयन भएका छन । २०७८ चैत्र १२ गते सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष जिल्ला भेलाले नेपालिलाइ अध्यक्षमा चयन गरेको हो । भेलाले राजेन्द्र नेपालीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती अर्घाखाँचीको ११ सदस्यीय जिल्ला समिती गठन गरेको छ । गठित समितीको उपाध्यक्ष राम बशु , सचिब गोकर्ण कुमाल , सह- सचिब खेमराज भट्टराई र कोषाध्यक्ष बुद्धिराम गैरे रहेका छन ।

समितिका सदस्यहरुमा शिव प्रसाद खनाल , तारा नेपाली र नारायण नेपाली रहेका छन । सदस्यको तीन स्थान पछि पुर्ती गर्नेगरी हाललाइ रिक्त राखिएको छ । विशेष जिल्ला भेलाको उक्त कार्यक्रम शिव प्रसाद खनालको अध्यक्षता , गोकर्ण मुखियाको संचालन र बुद्धिराम गैरेको स्वागत मन्तब्य बाट अघि बढेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित