काठमाडौं / राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती काठमाडौंको अध्यक्षमा बलिभद्र शर्मा चयन हुनु भएको छ । २०७८ चैत्र १२ गते सम्पान्न बिशेष भेलाले शर्मालाइ अध्यक्षमा चयन गरेको हो । भेलाले बलिभद्र शर्माको अध्यक्षतामा १५ सदस्यीय राजमो काठमाडौं जिल्ला समन्वय समिती गठन गरेको छ । गठित समितीको उपाध्यक्षमा मनु बिक , सचिबमा टेकहरी शर्मा र कोषाध्यक्षमा सिमा नेपाली रहनु भएको छ । समितिका सदस्यहरुमा सागर भण्डारी , यम प्रसाद शर्मा , जमुना पौडेल , सन्दिप पन्थी ,राजेश नेपाली , दुष्यन्त पौडेल र मन्जु शर्मा रहनु भएको छ । सदस्यका चार स्थान हाललाइ रिक्त राखिएको छ ।
भेलाको उद्घाटन केन्द्रिय अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । भेलामा नेकपा ( मसाल ) केन्द्रिय समन्वय समितीका संयोजक सन्त बहादुर नेपालीको बिशिस्ट आतिथ्यता रहेको थियो । प्रमुख अतिथि , बिशिस्ट अतिथी र अतिथिहरु बरिस्ठ बाम नेता एवं पत्रकार सेनानी गोबिन्द बहादुर थापा , राजमो केन्द्रिय समन्वय समितिका उपाध्यक्ष द्वय चिन्तामणी शर्मा र सुर्या थापा , रक्तिमका लक्ष्मी रिजाल “उदय”, हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा र पत्रकार महासंघ काठमाडौं शाखाकी सदस्य शोभा नेपालिले भेला सफतताको शुभकामना दिनुभएको थियो । बरिस्ठ बाम नेता अपत्य शर्माको अध्यक्षता , मनु बिकको स्वागत मन्तब्य र टेकहरी न्यौपानेको संचालनमा विशेष भेलाको कार्यक्रम अघि बढेको थियो ।
भेलामा नवनिर्वाचित अध्यक्ष बलिभद्र शर्माले प्रतिबद्धता मन्तब्य राख्नु भएको थियो भने निर्वाचित समितीलाई प्रमुख अतिथी कृष्ण पौडेल र युवा बाम नेता अर्जुन शर्माले बधाई दिनु भएको थियो ।