खलंगा । प्युठान जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित ओविराम जिएम नेकपा (मसाल) प्यूठान जिल्ला समन्वय समितिको प्रवक्तामा चयन भएका छन् । सिद्धान्तनिष्ठ र इमान्दर नेता जिएमलाई २०७८ चैत्र १९ गते सम्पन्न जिल्लाले प्रवक्तामा चयन गरेको हो । भेलाले दक्षिणपन्थी कार्यदिशा विरुद्धको संघर्ष अझै उच्च र पेचिलो बनाउने निर्णय समेत गरेको छ ।
जिल्ला भेला पश्चात् नेकपा (मसाल) प्यूठान जिल्ला समन्वय समितिका संयोजक कामरेड लेखकद्वारा २०७८ चैत्र २१ गते जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार भेलाले स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर आन्तरिक महत्वपूर्ण निर्णयहरु गरेको छ ।
संयोजक लेखकद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ–“नेकपा (मसाल) प्यूठान जिल्ला समन्वय समितिको भेला चैत १९ गते सम्पन्न भएको छ । भेलाले जिल्ला समन्वय समिति प्यूठानको गठन गर्नुका साथै स्थानीय तहको निर्वाचन र संगठन सम्बन्धी केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादले गहिरो प्रभाव पारिरहेको छ । त्यसको विरुद्ध संघर्ष गर्नुको साटो पार्टीको आठौं महाधिवेशनबाट दक्षिणपन्थी कार्यदिशा पारित गरि संस्थागत गर्ने काम गरियो । त्यसका बिरुद्ध पार्टीभित्र संघर्ष चलिरहेको सन्दर्भमा प्यूठान जिल्ला समन्वय समितिले समेत पार्टीको दक्षिणपन्थी कार्यदिशा विरुद्धको संघर्ष अझै उच्च एवं पेचिलो बनाउदै क्रान्तिकारी कार्यदिशा र पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।
भेलाले नेकपा (मसाल) प्यूठान जिल्ला समन्वय समितिको प्रवक्तामा कामरेड ओविराम जि.एम.लाई चयन गरेको छ । भेलाले स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर संगठन निर्माण, गठन, पुनर्गठन एवं संगठनका आन्तरिक थुप्रै महत्वपूर्ण निर्णयहरु गरेको छ ।