राजमो जिल्ला समन्वय समिति बाराको अध्यक्षमा कर्ण थापा 

वीरगन्ज। राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति बाराको अध्यक्षमा कर्ण थापा चयन भएका छन । थापा यस अघि पनि राजमोको केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष नै रहेका थिए । क्रान्तिकारी बिचारका पक्षधर अध्यक्ष थापालाइ दक्षिणपन्थी नीति बोकेको राजमोको केन्द्रीय नेतृत्वले पार्टिको नीति सिद्धान्त बिपरित कारवाही गरेको थियो । तर बारा जिल्लामा निकै लोकप्रिय रहेका उनै थापालाइ २०७८ चैत्र २३ गते जितपुर सिमरामा सम्पन्न राजमो बारा जिल्ला समन्वय समितिको प्रथम भेलाले अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य खगेश्वर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कर्ण थापाको अध्यक्षतामा ११ सदस्यीय राजमो बारा जिल्ला समन्वय समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्ष केदार प्याकुरेल , सचिब दिपक चौधरी र कोषाध्यक्ष रामबाबु साह रहेका छन । समितिका सदस्यहरुमा पारस ठाकुर , महेश थपलिया , निर्मला केसि, गनु साह र राजमणी देबि रहेका छ्न । समितिको दुई स्थान पछि पुर्ती गर्ने गरि हाललाइ रिक्त राखिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति बाराको प्रथम जिल्ला भेलाको उक्त कार्यक्रम पारस ठाकुरको अध्यक्षता , दिपक चौधरीको स्वागत मन्तव्य र रामबाबु साह को संचालनमा अघि बढेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित