मुम्बई । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । मुलप्रवाहकाएकता केन्द्रीय सचिव नारायण शर्माको प्रमुख आतिथ्यतामा १० अप्रिल २०२२ मा मुम्बईमा सम्पन्न सो भेलाले मोहन ठकुल्लाको अध्यक्षतामा ११ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यिय मध्यपश्चिम भारत क्षेत्रिय संगठन समितिको गठन गरेको छ ।

गठित समितिको उपाध्यक्ष जगदिश न्यौपाने , सचिब केशब गाहा , सह सचिब नवीन भेटाल र कोषाध्यक्ष दिनेश वाग्ले रहनु भएको छ । समितिका पुर्ण सदस्यहरुमा करन पुर्कोटी, प्रेम बिष्ट, शिव प्रसाद पौडेल, चन्द्र सिह र बाबुराम अर्याल रहनु भएको छ भने पुर्ण सदस्यको एक स्थान रिक्त राखिएको छ ।
वैकल्पिक सदस्यहरुमा नरेश लम्साल , कमल पुर्कोटी र दलजित राना रहनु भएको छ । भेलाले बम खडकलाई समितिको सल्लाहकारमा चयन गरेको छ । सल्लाहकार सदस्यको पनि दुई स्थान रिक्त राखिएको छ ।
उक्त प्रथम भेलाको अध्यक्षता मोहन ठकुल्लाले गर्नु भएको थियो ।अतिथि आशन ग्रहण पछि सहिदहरूको संझनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट दिनेश वाग्लेजीले स्वागत गर्नु भएको थियो । भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्माले गर्नु भएको थियो ।
मूल प्रवाह केन्द्रीय कोषाध्यक्ष ईन्द्र भेटालले भेला सफलताको शुभकामना दिनु भएको थियो। नवनिर्वाचित समितिलाई मूल प्रवाह अखिल भारत नेपालि एकता समाजका केन्द्रिय सचिव र केन्द्रिय कोषाध्यक्षले बधाइ दिनु भएको थियो। कार्यक्रमको संचालन केशव गाहा “ पाल्पाली “ ले गर्नु भएको थियो ।